सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गाडी चालक मिलन मगरको मृत्यु भएको हो । बा २१ च ८८०५ नं. को हात्ती गाडी चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका २ बस्ने बर्ष २६ वर्षिय मगरको थिए । दुई गाडी एक आपसमा ठोक्किई सवारी दुर्घटना हुँदा हात्ती गाडीको चालक मिलन मगर समेत गम्भीर घाईते भएको हुँदा तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले निम्न लिखित घाईतेहरुलाई डा. ईवामुरा अस्पताल भक्तपुर पुयार्याइ उपचारको क्रममा चालक मिलन मगरको आज १५ः५५ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । साथै बा २१ च ८८०५ नं. को सहचालक जिल्ला मोरङ अमरदह गाउ पालिका ८ घर भई हाल जिल्ला काठमाण्डौ जोरपाटी बस्ने बर्ष १५ को बिबेक राजबंशी गम्भीर घाईते भएका छन् ।
२०७७ भदौं ११ गते अन्दाजी १४ः५५ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ९ अरनिको राजमार्ग स्थित बासघारीमा जगातीबाट साँगा तर्फ जादै गरेको बा ३ ख ५३२२ नं.को तेल बोकेको ट्याङ्कर र बिपरित दिशाबाट आईरहेको बा २१ च ८८०५ नं. को पानीको जार बोकेको दुर्घटना पश्चात घटना स्थलमा भएका उल्लेखित सवारी साधनहरुलाई महानगरीय प्रहरी वृत्त जगातीमा ल्याउने कार्य भईरहेको प्रहरीले जनाइएको छ । दुर्घटना पश्चात फरार रहेका बा ३ ख ५३२२ नं. को तेलको ट्याङकर चालकको खोजतलास कार्य भईरहेको

...

All Comments.......


Please Login/Register To Comments