१. पृष्ठभूमि ः
नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्षको पावन अवसर पारेर विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा बागमती प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, होटल हायात रिजेन्सी, नबिल बैंक, म्ज्ी भ्हउचभकक ल्भउब िीतम।, ल्भउब िब्ष्चष्लिभक, ीगअपथ त्चबखभ,ि अजोड इन्स्योरेन्स, भ्हजष्दष्तष्यल ीष्नजत ज्यगकभ, भ्खभलत क्यगितष्यल, ल्भउब िभ्हजष्दष्तयचक ब्ककयअष्बतष्यल, ल्भतचबमजबm भ्थभ ऋबचभ ऋभलतभच एखत ीतम  आदि लगायतको सहयोगमा यही २०७९ मंसिर २३ देखि २७ गते तदनुसार सन् २०२२ डिसेम्बर ९ देखि १३ सम्म होटेल हायात रिजेन्सी, बौद्ध, काठमाडौंमा १९औ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि यो मेलाको मुख्य उद्देश्य रहेको छ । 

मेलाको समुद्घाटन  सम्माननीय राष्ट्रपतिज्यूूबाट सुसम्पन्न गराउने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, उच्च पदस्थ अधिकृतज्यूहरु, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिका नियोगका महामहिमज्यूहरु लगायत राष्ट्रिय जीवनको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिने छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १३० वटा स्टलहरु रहने छन् ।

२. मेलाको उद्देश्यहरु ः
ड्ड नेपाली हस्तकला सामानहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने ।
ड्ड नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पु¥याउने । 
ड्ड नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्ने ।
ड्ड हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने ।
ड्ड विदेशी क्रेताहरुलाई हस्तकला सामानहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने ।
ड्ड आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पु¥याउने ।
ड्ड नेपालमा एउटै मितिमा (अबभिलमबच भखभलत)को रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश विदेशी क्रेता र स्वदेशी खरिदकर्ताहरुमा प्रवाह गर्ने । 

व्यापार मेला सम्बन्धी विवरण ः
१. प्याभिलियन, स्टल संख्या तथा प्रतिनिधित्व ः मेलामा ४ वटा प्याभिलियन सहित करिब १३० स्टल रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा पकिस्तानबाट व्यापारीहरुको लगभग ३ वटा स्टल रहने छन् । मेलामा रहने स्टलहरु मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । 

व्यापार मेलामा महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । मेलामा प्याभिलियन मार्फत बागमती प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट महिला उद्यमीहरुको प्याभिलियन,  ध्भबल ऋययउभचबतष्खभ, ललितपुरका विभिन्न वडाहरुको समूह, ल्भउब िभ्हजष्दष्तयचक ब्ककयअष्बतष्यल आदिको सहभागिता रहने छ भने विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसाका सामानहरुको प्रदर्शनी साथै स्वास्थ्य, शिक्षा सेवा सम्बन्धी जानकारी मूलक स्टलहरु समेत रहेका छन् । 

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति ९ल्त्क्ष्क्०  कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा महिला, अपांग, ब्अष्म द्ययचलभ कगचखष्खयच र पिछडिएका वर्गलाई निशुल्क स्टल प्रदान गरिने छ ।

३.मेलाका आकर्षणहरु ः 
एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री ।
१७औं हस्तकला प्रतियोगिता ।
उत्कृष्ट स्टल प्रतियोगिता ।
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी ।
अर्मूत साँस्कृतिक सम्पदा (क्ष्ऋज्) को उजागर ।
जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान ।
कला प्रदर्शनी ।
अग्रणी निर्यातकर्ताहरुलाई सम्मान ।
त्चभलम म्ष्कउबिथ द्दण्द्दघ(द्दद्ध 

४. १७औं हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)
नेपाल हस्तकला महासंघले लोपोन्मुख कलाकृतिहरुको जगेर्ना, मौलिक कलाको संरक्षण गर्नुको साथै नयाँ पुस्ताका कलाकार÷कालिगढहरुलाई आफ्नो पेशाप्रति आकर्षित गरी कला पुस्तान्तरण गर्न तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग गरी अझ समुन्नत बनाउन, कलाकारहरुको खोजिनीति एवं राष्ट्रिय अन्तराष्ट्रियस्तरमा स्तरमा प्रतिभा पहिचान गराउने उद्देश्यले २०४८ साल देखि परम्परागत विधा एवं समकालिन विधाहरुमा हस्तकला व्यापार मेलाको अवसरमा हस्तकला प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । उक्त मेलाको प्रमुख आर्कषणको रुपमा रहेको यस पालिको १७आंै संस्करणको हस्तकला प्रतियोगिता अन्तर्गत परम्परागत विधा तर्फ काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरुड (बन्टेज)को मूर्ति निर्माण प्रतियोगिता र समसामयिक विधा तर्फ प्राकृतिक रेसाहरुको प्रयोगबाट हस्तकला मफलर डिजाइन तयार गर्ने प्रतियोगिता संचालना गरिने छ । 

५. कला प्रदर्शनी 
हस्तकला उद्योग व्यवसायबाट कलाकारहरुको जीवनस्तर उकास्न र विभिन्न  विधाका कलाकारहरुको कलाकृतिहरु प्रदर्शन गरी स्वदेश र विदेशमा समेत कलाकारको पहिचान गराउन र व्यापारी आगन्तुकहरु बीच नेपाली मौलिक कलाकृतिको परिचय गराउनु आवश्यक रहेकोले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्र्रतियोगिताको  अवसरमा ५ दिने कला प्रदर्शनीको आयोजना गरि धातु पत्र, जडाउ कला र चित्रकला गरि विविध ३ विधाका कलाकारहरुको हस्तकलाका कलाकृतिहरु निःशुल्क रुपमा प्रदर्शनी गरि मौलिक कलालाई प्रचार प्रसार गरि व्यापार ब्यवसाय विस्तारमा सहयोग गरिने भएको छ ।  

६. जेष्ठ तथा वरिष्ठ कलाकार सम्मान
मेलाको अवसरमा विभिन्न हस्तकलाका विधामा संलग्न काठमाडौं उपत्यका भित्र र बाहिर जिल्लाका १० जना, ७० बर्ष नाघेका जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई राष्ट्रब्यापी सम्मान गरि कार्यक्रम संचालन गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलाकारहरुलाई नेवारी परम्परा र संस्कृति अनुसार सगुन दिई खादा ओढाएर सहित ताम्रपत्र पत्र प्रदान गरि सम्मान गरिने छ । 


७. आ.ब २०७८÷७९ का उत्कृष्ट निकासीकर्ताहरु, उत्कृष्ट उद्यमी तथा उत्कृष्ट कलाकार सम्मान कार्यक्रम
 १९आंै हस्तकला ब्यापार मेला तथा १७औ हस्तकला प्रतियोगिताकै अवसर पारेर नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । यसै गरि महासंघका उत्कृष्ट उद्यमी र उत्कृष्ट कलाकारलाई १÷१ जनालाई पनि सम्मान प्रदान गरिने छ । 
८. ट्रेण्ड डिस्प्ले २०२३÷२४ 
निर्यातयोग्य नेपाली हस्तकलाका बस्तुलाई प्रोत्साहित गरी निकासी व्यापार प्रवद्र्धन गर्ने, नयाँनौला वस्तुको विकास गर्ने, आगामी बर्षहरुमा विश्व बजारमा चलनचल्तीमा आउने फेसन र त्यसको रंग÷डिजाइन बारे जानकारीमूलक वर्तमान बजार प्रवृत्ति ९त्चभलम० मा आधारित बस्तु प्रदर्शनी आयोजना गरिने छ । उक्त कार्यक्रममा ट्रेण्ड डिस्प्ले २०२३÷२४ को लागि नेपाली हस्तकलाका वस्तु मध्ये थारु संस्कृतिलाई समिश्रण गरी ज्यmभ न्बचमभलष्लन  र ँष्तलभकक विधामा केन्द्रीत रहि प्रर्दशनी गरिने छ । 

     ९. अमूर्त सास्कृतिक सम्पदा ९क्ष्ऋज्० 
नेपालका विभिन्न भौगोलिक क्षेत्रहरुका प्रतिनिधित्व गर्ने भेषभुषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सास्कृतिक कार्यक्रमहरुलाई मेलामा प्रस्तुति गरिने कार्यक्रम रहेको छ । यही सन्दर्भमा मेला अवधिमा चर्या नृत्य, प्राचीन संगित प्रस्तुतिको पनि कार्यक्रम पनि रहेको छ। 

१०. प्रवेश टिकट ःव्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर रु. १०० निर्धारण गरिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था समेत मिलाईएको छ । 
११. विदेशी आयातकर्ता ः 
मेलामा विभिन्न देशहरुबाट विदेशी आयातकर्ता ९द्यगथभचक० आमन्त्रणा गरिएको छ । 

१२. अवलोकनकर्ता ः मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान गरिएको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निशुल्क प्रवेश पास वितण गरिने छ । निशुल्क पासको लागि नेपाल हस्तकला महासंघको कार्यालयबाट पनि संकलन गर्न सकिने छ । 

१३.कूल कारोवार ः मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै रु. १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ ।

१४. प्रचार प्रसार ः प्रचार प्रसार र प्रवद्र्घन कार्यलाई थप प्रभावकारी तुल्याउन नेपाल स्थित विदेशी कुटनैतिक नियोग, बिभिन्न सरकारी तथा गैर सरकारी र अर्ध सरकारी संस्थाहरुसंग समन्वयको लागि पत्राचार र भेटघाट गरिएको छ । मेलाको प्रचार प्रसारको लागि बिद्युतिय संचार माध्यमहरु, राष्ट्रिय र स्थानिय पत्रपत्रिका, ईमेल ईन्टरनेट, सामाजिक सञ्जाल, पोष्टर पम्पलेट, ब्रोस्योर, लिफलेट, ब्यानर र पत्राचार आदि माध्यमहरुको उपयोग गरिनेछ ।

१५. मेलाबाट हुने उपलब्धिहरु ः 
ड्ड अन्तरराष्ट्रिय बजारमा पहँुच पुग्न नसक्ने घरेलु, लघु एवं साना हस्तकला उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरुसंग ब्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अबसर प्राप्त गर्न सक्नेछन् । 
ड्ड प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने छन् । 
ड्ड हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने छ ।
ड्ड स्वदेशमै रोजगारी अभिबृद्धिमा सघाउ पुग्ने छ ।
ड्ड विदेशमा चलिरहेको रङ सम्योजन(ऋययिच अयmदष्लबतष्यल), डिजाईन, वस्तु विकास, प्रविधि आदि बारेमा नेपाली उद्यमी, व्यवसायी र कलाकारहरुले जानकारी प्राप्त गर्न सक्ने छन् । 

१६. निचोड ः
हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रुपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरु करिब रु.१२ अरब मूल्य बराबरको विश्वका ६० भन्दा वढि देशहरुमा निकासी भई रहेका छन् । सोही निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई जम्मा रु.२४ अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिंदै आएको छ । त्यसै गरी हस्तकला उद्योग व्यवसायमा करिब ८ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको बिकास, बिस्तार र प्रबद्र्धनमा यस किसिमका व्यापार मेलाको प्रभावकारी रुपमा संचालन गर्न नेपाल सरकारले जोड दिनु जरुरी देखिएको छ । यो उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाई स्वरोजगार हुने प्रसस्त अबसर रहेको छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रम शक्तिलाई बाहिरी मुलुकमा रोजगारीको लागि जान निरुत्साहित गर्न सक्ने उद्योग ब्यबसायको रुपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने पनि प्रसस्त संभाबना रहेको छ । 

...

All Comments.......


Please Login/Register To Comments