भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भारतले महाकाली नदीमा स्काय्भेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेलेको भन्दै धकेलेको सवै धार तत्काल भत्काइदिन माग राखेको छ । पार्टी सचिव सांसद प्रेम सुवालद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा धकेलेको धार अविलम्ब भत्काउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुड्डे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गरेको पार्टीले जनाएको छ ।   
भारतले बारा जिल्लाको नेपाल–भारत सीमा स्तम्भ ३६३÷१६ समेत उखेलेर नेपालीको नम्बरी जग्गामा सारेको र सो सीमा स्तम्भ अविलम्ब यथास्थानमै राख्न माग गरेको छ । २०७० असार २ गते महाकाली नदीको बाढीले भारततर्फ पारेको दार्चुलाको २ सय रोपनी नेपाली भूमि पनि फिर्ता ल्याउन अविलम्ब प्रक्रिया चाल्न माग गरेको छ । 
यही मंसिर १८ गते दार्चुलामा भारतले नेपालतर्पm हानेको ढुड्डाले नेपाली बालक प्रेमसिंह कु“वर घाइते भयो भने बिनासूचना महाकालीपारि पहाड विष्फोट गरी सडक निर्माणको क्रममा कात्तिक ११ गते ९ वर्षीय नेपाली बालकको मृत्युसमेत भएको घटनाको पनि विज्ञप्तिमा विरोध गरिएको छ । 
‘२०७८ साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीको तुइन खुस्काइदिएर ३३ वर्षीय जयसिंह धामीलाई महाकाली नदीमा बेपत्ता पा¥यो । २०७८ मंसिरमा नेपालको व्यास गाउ“पालिका–१ छाङ्रु र टिङ्करको जनगणना गर्न नेपाली कर्मचारीलाई भारत सरकारले बाटो दिएन । नेपालविरुद्ध भारतीय विस्तारवादको बलमिचाइ, र ज्यादतीको नेपाल मजदुर किसान पार्टी विरोध एवम् भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ । 
‘सुगौली सन्धिअनुसार महाकाली नदीपारिमात्र भारत पर्दछ अर्थात् सिड्डो महाकाली नदी नेपालको हो । नेपालको हितविपरीत महाकाली नदीको अधिकांश भाग भारतकोसमेत साझा उल्लेख गरिएको ‘महाकाली नदी एकीकृत विकास सन्धि’ खारेज गर्नु आवश्यक छ । नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने बेलायत, भारत र नेपालबीचको त्रिपक्षीय गोर्खा भर्ती सन्धि, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, नेपालको हितविपरीतका कोशी र गण्डक सम्झौतालगायत सबै असमान सन्धि सम्झौता अविलम्ब खारेज गर्नु जरुरी छ, विज्ञप्तिमा थपिएको छ । 
नेपालको सार्वभौमिकता रक्षा र नेपाली जनताको सुरक्षामा सचेत हुन र भारतअतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग फिर्ता ल्याउन पार्टीले वर्तमान सरकार र अब गठन हुने सरकारको भम्भीर ध्यानाकर्षण गराएको छ ।

...

All Comments.......


Please Login/Register To Comments