भक्तपुर । भक्तपुरको दतात्रयमा भएको योमरी प्रदर्शनी सकिएको छ । प्रदर्शनी हेर्न सर्वसाधारणदेखि सांसदसम्म पुगेका छन् । भक्तपुरको दतात्रयमा भएको प्रदर्शनी हेर्न बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईदेखि हजारौ सर्वसाधारणको भीड लागेको थियो । प्रदर्शनी दिउँंसो दुईबजेदेखि साँंझ सात बजेसम्म भएको थियो ।  
भक्तपुरको मौलिक खाद्यान्नका परिकारलाई व्यवसायिक बनाउन सहयोग गर्ने उेद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा ३५ देखि ४० वटा स्टलहरु रहेका थिए । ती स्टलहरुमा योमरीका साथै सम्हेवजी (सवै खाद्यवस्तु मिसाएर तयार पार्ने एक प्रकारको भोजको सेट) को पनि प्रदर्शनी गरिएको थियो । साथै चटामारी (चामलको पीठोबाट बनाइने एक प्रकारको रोटी)को पनि प्रदर्शनी गरिएको थियो । यी सवै खाद्य परिकारको प्रदर्शनी तथा विक्रीवितरण पनि गरिएको थियो । प्रदर्शनीमा सहभागी व्यक्तिहरु प्रदर्शनीस्थलमै पकाएका योमरी लगायतका तातोतातो नेवारी खाद्य परिकारहरु खान पाउँंदा दंग देखिएका थिए । 
नगरबासी परिवारले नगरपालिकाको संयोजनमा त्यहाँं ती नेवारी खाद्य वस्तुको स्टल राखी प्रदर्शनका साथै विक्रीवितरण गरेका थिए । यसअघि नगरपालिकाले पूर्व सूचना जारी गरी इच्छुक परिवार, संघसंस्थाहरुलाई प्रर्दशनमा सहभागिता जनाउन आह्वा गरेको थियो । त्यही आह्वान अनुसार इच्छुकहरुले स्टलमै पकाइ प्रदर्शन गर्नुका साथै विक्रीवितरण पनि गरेका थिए । नगरपालिकाले संयोजन मात्रै गरिदिएको कार्यक्रममा विक्रीवितरण गरेका सवै खाद्य सामाग्रीको हिसावकिताव सवै सम्वन्धित परिवार र संघसंस्थाले नै राखेका थिए । 
प्रदर्शनीका क्रममा भक्तपुरको प्रख्यात जुजु धौ (दही), तोरीको तेल र भादगाउँंले टोपीको पनि प्रदर्शनी गरिएको थियो । साथै विक्रीवितरण पनि गरिएको थियो । साथसाथै विभिन्न साँंस्कृतिक प्रदर्शनी पनि गरिएको थियो । भैल प्याख (नाच), माक प्याख, लाखे प्याख, फाकन्डली प्याख (विभिन्न प्रकारका नाचहरु), बासुरी बाजाको पनि प्रस्तुति गरिएको थियो । अन्तिममा राति नौबाजा (एक प्रकारको बाजा) को प्रस्तुति गरिएको थियो । साथै औपचारिक कार्यक्रम गरी सहभागीहरुलाई राति धन्यवाद ज्ञापन गरिएको थियो । 
यसअघि दिउँंसो साँंस्कृतिक पदयात्रा गरिएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दरवार स्क्वायरबाट पदयात्रा सुरु भएको थियो । पदयात्राले  भक्तपुर नगरको परिक्रमा गरी योमरी प्रदर्शनी स्टल दतात्रयमा पुगेपछि टुंगिएको थियो ।  
भक्तपुर नगरपालिकाको आयोजना तथा भक्तपुर नगरपालिका वडा नं ८,९ र १० को संयोजनमा कार्यक्रम भएको हो । भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले योमरी प्रदर्शनीको क्रममा योमरी बनाउने कला पनि देखाइएको जनाए । भक्तपुरमा भएका आफ्नै परम्परागत पोशाक, खेल, बाजागाजा र खानेकुराको परिकारलाई व्यवसायिक रूपमा लानसक्ने बनाउन सहयोग गर्नेे उद्देश्यका साथ कार्यक्रम गरिएको उनले बताए । 
तस्वीरहरु छन् । 

...

All Comments.......


Please Login/Register To Comments