भक्तपुर । भक्तपुरस्थित ख्वप मावि देकोचाका पत्रकारिताका विद्यार्थी आइतबार अवलोकन भ्रमणका लागि सामुदायिक रेडियो प्रसारक संघ (अकुराव) चाकुपाट ललितपुर पुगेका छन् । प्रयोगात्मक ज्ञानका लागि उनीहरुलाई त्यहाँं लगिएको हो । कक्षाकोठामा सैद्धान्तिक पत्रकारिता अध्ययन गरेका उनीहरुलाई प्रयोगात्मक जानकारी दिनका लागि त्यहाँं लगिएको हो । स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई त्यहाँं लगिएको हो ।
उनीहरुलाई त्यहाँं समाचार कक्षमा हुने विभिन्न कामकारबाहीबारे जानकारी गराइएको थियो । उनीहरु अकुरावका प्रबन्धक दीपक आचार्य, सम्पादक तथा समाचारदाताहरुले आआफूले गर्ने कामकारबाहीबारे जानकारी गराएका थिए । साथै विद्यार्थीलाई कार्यक्रम प्रस्तुत गर्ने स्टुडियोको पनि अवालेकन भ्रमण गराइएको थियो । साथसाथै समाचार सम्पादन, ध्वनी सम्पादनलगायतका विषयमा पनि जानकारी गराइएको थियो । साथसाथै अकुरावले तयार पार्ने सिआईएन खवरबारे पनि जानकारी गराइएको थियो । भ्रमणमा स्कुलमा कक्षा १२ मा अध्ययनरत दुई दर्जन विद्यार्थी सहभागी थिए ।
अकुराव सामुदायिक देशभरि रहेका सामुदायिक रेडियोहरुको छाता संगठन हो । देशभरका ७७ वटै जिल्लामा रहेका तीन सय ६० वटा सामुदायिक रेडियोहरु यसका सदस्य छन् ।  

...

All Comments.......


Please Login/Register To Comments