भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ७ जना सांसद बन्ने भएको छ ।

दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट भक्तपुरका ७ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरका थप ६ जना सांसद बन्न लागेको हो । ती मध्ये प्रतिनिधि सभामा दुई जना र बागमती प्रदेश सभामा ५ जना छन् ।

प्रतिनिधि सभा सदस्यमा सिफारिस हुने कांग्रेसकी रमा कोइराला पौडेल हुन् । उनी भोजपुरकी भए पनि केही समय यता भक्तपुर बस्दै आएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार रहेका छन् ।

यसैगरी भक्तपुरबाट प्रदेश सभा सदस्य सिफारिस हुनेहरुमा नेपाल मजदुर किसान पार्टीकी सृजना सैंजु र गिता काफ्ले, नेकपा एमालेकी सकुन्तला श्रेष्ठ राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी धनेश्वरी प्रजापति, नेकपा माओवादी केन्द्रका देवेन्द्र श्रेष्ठ छन् ।

...

All Comments.......


Please Login/Register To Comments