स्थानीय पाठ्यक्रम अनुसार स्थानीय जात्रा पर्व बारे जानकारी र प्रयोगात्मक व्यवहारीक ज्ञान दिने उदेश्यले बिद्यालयले आयोजना गरेको कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले समूहगतरुपमा योमरी पूर्णिमा को महत्व र योमरी बनाउने विधिवारे, प्रतियोगितात्मक प्रस्तुतिकरण (presentation) गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले बनाएर ल्याएको योमरी, चतामरी वः अन्य नेवारी खाजा प्रकारहरूको प्रदर्शनी र विक्री वितरण समेत गरिएको थियो । साथै विद्यार्थीहरुले योमरी गित, विभिन्न नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत पनि गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, मध्यपुर थिमि नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्ट, विशेष अतिथि, अखिल भारतीय नेवार संगठन दाजिलिङ भारतका अध्यक्ष श्री सूर्य नारायण प्रधान, अभिभावकहरू, शिक्षक, शिक्षिकाहरूको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम बारे विनायक शिक्षा निकेतकाका प्रिन्सिपल, सुरेन्द्र विक्रम प्रजापति ले स्थानीय कला संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरिदै जानु पर्ने, विद्यार्थीहरुलाई उद्यमशिलताको ज्ञान र विकास गर्ने र विद्यार्थीहरू मा collaborative learning बिधिद्धारा सिकाईमा जोड दिनका लागि आजको कार्यक्रम आयोजना भएको प्रष्ट पार्नु भयो । त्यस्तै विशेष, अतिथि, दार्जिलिङ, भारतबाट पाल्नुभएका सूर्य नारायण प्रधानले विद्यालय तहबाटै यसरी मौलिक कला संस्कृति वारे ज्ञान दिनु, संस्कृति जर्गेना गर्नु नै हो । अखिल भारतीय नेवार संगठनले पनि भारतमा छरिएर रहेको नेवार दाजुभाईहरुलाई आफ्नो मौलिक कला संस्कृति र भाषा सिकाउने कार्य भइरहेको कुरा बताउनु भयो । प्रमुख अतिथि शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले विनायक शिक्षा निकेतनले स्थानीय पाठयक्रम लाई लागू गरी यसरी प्रयोगात्मक कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो साथै योमरी पर्ब बारे Presentation प्रतियोगितामा विजयी हुनु भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो। आजको कार्यक्रमका सभापति, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं संस्कृतिविद्ध श्री गणेशराम लाछीले विद्यालयले स्थापनाकाल देखि स्थानीय कला संस्कृति जगेर्ना गर्ने कार्य गरिदै आएको बताउनु हुन्दै संम्पूर्ण अतिथि मानुभावलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त कार्यक्रमको संयोजन शिक्षिका तुलसी केशरी कालुले गर्नु भएको थियो...

All Comments.......


Please Login/Register To Comments