काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार साँंझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । घटनामा परी २२ जना घाइते भएका छन् ।
भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए । राति अवेरसम्म मृत्यु हुनेहरुको नाम नखुलेको न्यौपानले जनाए । 
न्यौपानेका अनुसार १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाएको छ । 
व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको जनाइएको छ । तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments