काठमाडौ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले अध्ययन पूरा गरेका सिभिल र आर्किटेक्टका विद्यार्थीलाई शुक्रबार राजधानीमा एक कार्यक्रम गरी विदाई गरेको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले गरेको विदाई कार्यक्रममा कार्यक्रममा तीन वटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई विदाई गरेको हो । 
कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा अजयकुमार झाले यो पेशामा रहेका चुनौतीहरुको समाधानका लागि काउन्सिलले शीपयुक्त इन्जिनियरहरु मात्रै काममा खटाउने योजना रहेको सुनाए । यसका लागि काउन्सिलले यो वर्षदेखि परीक्षा लिने तयारी गरिरहेको जनाए । इन्जिनियरिङको लाइसेन्सका लागि आगामी तीन महिनाभित्र सञ्चालन हुने जानकारी उनले गराए । डा झाले त्यसका लागि वढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए । ‘परीक्षाको मिति न अहिले नै निश्चित भएको छैन तर वढीमा तीन महिनाभित्र परीक्षा लिने योजना हाम्रो छं, उनले भने ।  
एक सय पूर्णांकमा परीक्षा हुने उनले जनाए । उतीर्ण प्रतिशत ५० रहने जानकारी उनले गराए । त्यसमा चार वटामा एउटा सही उतर छनौट गर्ने गरी प्रतिप्रश्न एकएक नम्वरका ६० वटा र प्रति उतर दुईदुई नम्वरको २० वटा प्रश्न गरी एक सय पूर्णांकका परीक्षा चल्ने उनले बताए । परीक्षामा सामान्य प्रश्न मात्रै आउने भएकोले सवैले सजिलै उतीर्ण गर्नसक्ने उनको विश्वास थियो । यति प्रश्नमा अनुमानको आधारमा टिक लगाउँंदा पनि २० तीस वटा त आफै मिल्ने सम्भाबना हुन्छ, उनले भने, अलिकति पढेपछि त सजिलै पास हुन्छ । 
स्नातक उतीर्ण इन्जिनियरिङका विद्यार्थीले काम गर्नका लागि यो वर्षदेखि थप परीक्षा दिनुपर्ने भएको हो । कलेजको परीक्षा पास गरेपछि काम गर्न लाइसेन्सका लागि उनीहरुले नेपाल इन्जिनियरिङ काउन्सिलको परीक्षा उतीर्ण गर्नुपर्ने भएको हो । यसअघि उनीहरुले काउन्सिलबाट लाइसेन्स लिएर काम गर्न स्वीकृति थियो । 
कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले पढाई पूरा नभई वास्तबमा यस्तालाई साँंचो रुपमा पढाई सुरु भएको रुपमा लिन सुझाब दिए । कामसँंगसँंगै सिक्ने पनि भएकोले यसलाई पढाई सुरु भएको रुपमा लिन म सवै पास आउट विद्यार्थीलाई अनुरोध गर्दछु, उनले भने । उनले इन्जिनियरिङ पेशामा अवसर र चुनौती दुवै भएको अनुभब सुनाए । 
कार्यक्रममा कलेजका एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, एसोसिएट प्रोफेसरहरु सचिन श्रेष्ठ, रवीन्द्रकुमार बुढाथोकी, अजय खड्कालगायतले कलेज पास आउट गरेका विद्यार्थी कलेजका ब्राण्ड एम्वेसडर भएको बताउँंदै कुशलतापूर्वक काम गर्न निर्देशन दिए ।  
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा कलेजको चेयरम्यान प्राइज सुमित पौडेल घोषित भएका थिए ।  

...

All Comments.......


Please Login/Register To Comments