भक्तपुर । शुक्रबार भक्तपुरका ५३ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जानकारी दिएको छ । तीमध्ये सबभन्दा बढी मध्यपुर थिमि नपामा १५ महिला र ६ पुरुष छन् । त्यस्तै सुर्यबिनायक नपामा ८ महिला र १० पुरुष, भक्तपुर नपाका २ महिला र १ जना पुरुष र चाँगुनारायण नपाका १ जना पुरुषमा भाइरस संक्रमण पुष्टि भएको छ ।
मध्यपुर नपामा सबभन्दा बढी बोडेमा संक्रमितको संख्या देखिएको छ । बोडेकी ९ वर्षकी बालिका, ५० वर्षकी महिला, १३ वर्षकी महिला, ३३ वर्षकी महिला, १७ वर्षकी किशोरी, ६५ वर्षकी महिला, ३९ वर्षका पुरुषमा कोभिड–१९ पुष्टि भएको छ ।
त्यस्तै मध्यपुर थिमि नपा गठ्ठाघरका ६२ वर्षका महिला, बहाखा बजारका ७४ वर्षकी महिला, मध्यपुर थिमि नपा ६ का ७४ वर्षकी महिला, ३९ वर्षका पुरुष, कौशलटारकी ३२ वर्षकी महिला, २६ वर्षका पुरुष, ९ वर्षको बालक, ३५ वर्षका पुरुष, ६२ वर्षकी महिला, ५३ वर्षकी महिला र ३२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिको लोकन्थलीकी ३० वर्षका एक पुरुष र ४२ वर्षकी एक महिलामा कोभिड–१९ पुष्टि भएको छ । पुरानो थिमि ठेगाना उल्लेख भएका २२ वर्षकी एक महिलामा पनि कोभिड पुष्टि भएको छ ।
सुर्यबिनायक नपा वडा नं ४ दधिकोटका १८ वर्षकी महिला, सुर्यबिनायक नपा वडा नं ६ का ४९ वर्षकी महिला, २२ वर्षका पुरुष, २३ वर्षका पुरुष, २९ वर्षका पुरुष र १७ वर्षकी महिलामा पनि कोभिड–१९ पुष्टि भएको छ ।
सुर्यबिनायक नपा सुन्दरबस्तीका ५७ वर्षकी महिला, ३१ वर्षका पुरुष, २८ वर्षकी महिला, ३६ वर्षका पुरुष, सुर्यबिनायक नपा वडा नं ८ का ६० वर्षका पुरुष, २९ वर्षका महिला, २८ वर्षका महिला, वडा नं १० का २९ वर्षका पुरुष र बालकोटका ४२ वर्षका पुरुषमा पनि कोभिड पुष्टि भएको छ ।
त्यस्तै सुर्यबिनायक नपा ठेगाना मात्र उल्लेख भएका २१ वर्षका पुरुष, १८ वर्षका पुरुष र ७३ वर्षका पुरुषमा पनि कोभिड पुष्टि भएको छ ।
भक्तपुर नपा वडा नं १ का तीन जनामा पनि कोभिड–१९ देखिएको छ । भक्तपुर नपा भार्वाचीका ६९ र ५५ वर्षका महिला र ६५ वर्षका एक पुरुषमा कोभिड–१९ पुष्टि भएको हो ।
चाँगुनारायण नपा वडा नं २ का ३४ वर्षका एक पुरुषमा पनि कोभिड पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याड्ढमा ५४ जना उल्लेख भए पनि एक जना भने अन्य जिल्लाको अभिलेख भक्तपुरको अभिलेखमा परेको स्वास्थ्य कार्यालयले बताएको छ ।
बाँकी केही विरामीको भने अझै खोजी क्रम जारी रहेको बताइएको छ ।

<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->...

All Comments.......


Please Login/Register To Comments