भक्तपुर । कोभिड–१९ संक्रमित भएको भन्दै एकै घरमा बस्दै आएका १४ जना व्यक्तिलाई स्थानीयले जबरजस्ती घरबाट निकाली आइसोलेसन केन्द्रमा पठाएपछि जबरजस्ती गर्ने व्यक्तिहरूमाथि प्रहरीले कारबाही थालेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा एउटै घरमा बस्ने केही व्यक्तिमा कोभिड–१९ पुष्टि भए पछि सो घरमा बस्ने सबै  १४ जना व्यक्तिलाई उनीहरूको इच्छाविपरीत जबरजस्ती चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित आइसोलेसन केन्द्रमा पठाइएको थियो । यसरी धपाइएकाहरूमध्ये चार दिनकी सुत्केरीदेखि ७५ वर्षकी ज्येष्ठ नागरिक समेत रहेको बताइएको छ । घरमै सुरक्षित रूपमा होम आइसोलेसनमा बस्ने भन्दा पनि नमानेर स्थानीय केही मानिसले उनीहरूलाई त्यहा बस्न नदिने भनी दबाब दिएका थिए । बस्दै आएको घरबाट निकालिए पछि उनीहरू सबै खरिपाटीको आइसोलेसन केन्द्रमा पुगेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments