७३ औं नगरपालिका स्थापना दिवसको अवसरमा नगरपालिकाको निमन्त्रणामा कार्यक्रममा सहभागी हुने मौका पाइयो र सहभागी पनि भएँ । कार्यक्रममा ख्वप अस्पतालको भवन समेत उद्घाटन र कोभिडको समयमा अक्सिजन प्लान्ट बनाउने सहयोगीहरुलाई र त्यसबेला कार्यरत कर्मचारीहरु र नगरपालिकाका कर्मचारीहरुलाई कदरपत्र समेतको कार्यक्रम भव्य थियो । उत्कृष्ट कर्मचारीहरुलाई कदरपत्र दिई सकेपछि केहिले असन्तोष पोख्दै कर्मचारीहरु कराइराखेको देखियो । प्रशासकीय अधिकृत आफैलाई समेत पुरस्कृत गर्यो । यो भनेको दायाँबाट राखेर बाँयाबाट खाने भने जस्तै भयो भनेर गुनासो पोखिराखेको सुनियो । त्यतिमात्र होइन मानविय क्षेति हुनबाट बचाउने एम्बुलेन्स र मृत्युपछि बोक्ने सबबहानका चालकहरुलाई उत्कृष्ट कर्मचारीको कदरपत्र नदिएको हल्ला गरिरह्यो । त्योसंगै अर्का कर्मचारी भन्दै थियो, भाषणमा भन्ने बेलामा निरिक्षकहरु नगरपालिकाका पिलर, हातखुट्टा, आँखा हो, उनीहरुले एम्बुलेन्स र दमकल जस्तै काम गर्नुपर्छ भन्छ तर उत्कृष्ट कर्मचारी छनौटमा अहिलेसम्मको इतिहासमा निरिक्षकहरुलाई पुरस्कृत नगरिएको पक्षपाटपुर्ण भएको बताउँदै थियो । 
जनप्रतिनिधिहरुको आँखामा निरिक्षकहरुप्रति यतिका नकारात्मक हुनुको कारण के होला भन्दै थियो । त्यसैले निरिक्षकहरु वडा वडामा छन् । उनीहरुले नगरबासीहरुको आमाचाकरी गाली खाँदै, सराप दिँदै गरेको खपी, धैर्यवान भई अनियमित भत्काउनेदेखि नगरवासीहरुलाई अनियमित निर्माण नगराउन सचेत पार्ने काम गरिरहेको हुन्छ । त्यतिमात्र होइन सरसफाई, हरेक मर्मत, ढलनिकास, सिनो उठाउने, झैंझगडालगायत हरेक कार्यहरु गर्नुपर्ने निरिक्षकहरुलाई अहिलेसम्म पुरस्कृत नगर्नु सौताको छोराको व्यवहार भएको गुनासोले मन छोयो र यो पाठक पत्र लेखे । यदि यसमा गलत मनसायले गुनासो गरेको हो भने नगरपालिकाले प्रस्ट्याउनु पर्छ । धन्यवाद ।
एक सहभागी 
भनपा वडा नं ९

...

All Comments.......


Please Login/Register To Comments