भक्तपुर, पुष ५। विद्यालय स्तरमै दक्ष खेलाडि तथा खेलसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले विगतका वर्षहरुमा झैं यसवर्ष पनि पाँच दिने विविध खेलहरुको प्रतियोगिता संचालन गरेर खेल महोत्सव पुष ५ गतेबाट ९ गते सम्म गर्दै आएको छ । सोही महोत्सवमा भनपा ४ वडा खेलकुद समितिको संयोजनले ३ दिने फुटसल महासंग्राम अन्तर्गत बुधबारबाट सुटरस् फुटसल राम मन्दिरमा फुटसल प्रतियोगिता सुरु हुने भएको छ । सो प्रतियोगितामा भक्तपुर नगरका १० सामुदायिक, १३ संस्थागत तथा १ सैनिक महाविद्यालय गरी जम्मा २८ वटा विद्यालयले आफ्नो जित सुरक्षित गर्न एक आपसमा प्रतिस्पर्धा गर्ने ४ वडा खेलकुद समितिका संयोजक इन्द्र राजलवटले जनाएको छ । सोही प्रतियोगिताको पहिलो दिन आज पुष ६ गते २८ वटै सहभागी विद्यालयको २० वटा खेल सहित क्वाटर फाइनलसम्मका खेलहरु हुनेछ । दोश्रो पुष ७ गतेका दिन सेमीफाइनल खेल र तेश्रो दिन ८ गते फाइनल खेल हुने उहाँले बताउनुभएको छ ।...

All Comments.......


Please Login/Register To Comments