भक्तपुर । भक्तपुरको ख्वप कलेजमा बुधबार चिनियाँं चलचित्र लभर्स ग्रिफ ओभर दी एलो रिभर प्रदर्शन गरिएको छ । कलेजको कार्यक्रम हलमा मानविकी संकायमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थी झण्डै दुई घण्टाको उक्त चलचित्र देखाइएको हो । विद्यार्थीलाई मनोरञ्जनका साथै शिक्षा र देशप्रेमको भावना जागृत गराउन चलचित्र देखाइएको कलेजले जनाएको छ ।
यस्तो छ कथावस्तु 
फिल्मले दोस्रो विश्वयुद्धको समयमा एक ग्राउन्ड अमेरिकी पाइलटको कथा बताउँछ, जसले ठूलो पर्खाल नजिकै आकस्मिक अवतरणपछि कम्युनिष्ट नेतृत्वको चिनियाँ सेनाले उद्धार गर्दा चिनियाँ नागरिकको महान भावनाकोबारेमा जान्दछ । कम्युनिस्ट आधारमा जाने बाटोमा, पाइलट एक केटी सिपाहीसँग प्रेममा पर्छन्, जसको जापानीहरूले बलात्कार गरेको सम्झनाले उनलाई दृढ लडाकु बनाउँछ । आधा शताब्दीपछि अमेरिकी पायलट पहेँलो नदीमा फर्केर उहाँलाई उद्धार गर्ने स्थानीय मानिसहरूलाई श्रद्धाञ्जली दिन आउँछन् ।

...

All Comments.......


Please Login/Register To Comments