भक्तपुर, ६ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालय स्तरीय नगरव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगिताको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य एवम् ७ नं वडाध्यक्ष उकेश कवाँले एक समारोहबीच भुलाँचा फुटसल ग्राउण्डमा बुधबार रेफ्रिहरुलाई बल हस्तातरण गरी उद्घाटन गर्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि कवाँले खेलकुदलाई युवाहरुको अभिन्न अङ्गको रुपमा लग्नुपर्छ र मौलिक हकमा सुनिश्चित गर्नुपर्छ भन्नुभयो । उहाँले हिजो सिमित व्यक्तिको हात रहेको खेलकुद सम्पूर्ण जनताको हातमा पुग्नु पर्छ भन्ने नेपाल मजदुर किसान पार्टीको मान्यता रहेको छ । उहाँले ग्रासरुट स्थानबाट उठान गर्न प्रतियोगिता गरेको बताउनुभयो । उहाँले खेलकुदबाट देशको नाम उजारगार गर्न सक्नेछ भने देशको जिम्मेवार नागरिक बन्न सक्ने बताउनुभयो । उहाँले खेललाई विद्यार्थी खेलाडीहरुले अनुशासित रुपमा नियमसंगत निरन्तरता दिनुभयो भने भविष्य उज्वल हुने बताउनुभयो ।
उद्घाटन समारोह वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापतिले पनि बोल्नुभएको थियो । 
उद्घाटन पछि भएको खेलमा साईनिङ्ग स्टुडेण्ट र बागिश्वरी मा.बि. बीच भएको खेलमा साईनिङ्ग स्टुडेण्ट विजय हासिल गरेको थियो । त्यसपछि भएको जागृति मा.बि. र ब्राइटस्टार बीच भएको खेलमा ब्राइटस्टारले विजय हासिल गरेको थियो । त्यस्तै शारदा मा.बि. र शान्ति निकेटन मा.बि. बीच भएको खेलमा शारदा मा.बि.ले जित हासिल गर्यो । त्यस्तै सनसाईन र समाज सुधार मा.बि. भएको खेलमा सनसाईनले जित हासिल गर्यो । त्यस्तै महेन्द्र बिद्या आश्रम र सूर्यबिनायक ई.स्कूल बीच भएको खेलमा महेन्द्र विद्या आश्रमले जित हासिल गर्यो । त्यस्तै डेमोस र एभरेष्ट ई.स्कूल बीच भएको खेलमा डेमोसले जित हासिल गर्यो । त्यस्तै सेक्रिट हर्ट र अक्सफोर्ड बीच भएको खेलमा सेक्रिट हर्टले विजय हासिल गर्यो । जेसिस र हिमालयन ग्लोरी बीच भएको खेलमा जेसिसले जित हासिल गर्यो । विद्याविकास र मेधा बीच भएको खेलमा मेधाले जित्यो । त्यस्तै जेन्युइन र सैनिक आ.मा.बि. भएको खेलमा सैनिकले जित्यो । त्यस्तै प्रभात ई.से.स्कूल र बालविकास मा.बि. भएको खेलमा बालविकासले जित्यो । त्यस्तै गणेश मा.बि. र श्रीपद्म मा.बि. बीचको भएको खेलमा गणेश मा.बि. जित्यो । 
त्यस्तै प्रिक्वाटर खेलमा पारगन एकेडेमी र साइनिङ्ग स्कुल बीच भएको खेलमा पारागनले जित्यो । त्यस्तै ब्राइटस्टार र शारदाबीच भएको खेलमा शारदाले जित्यो । आर्दश आजाद मा.बि. र सनसाईन बीच भएको खेलमा सनसाइनले जित्यो । महेन्द्र बिद्या आश्रम र डेमोस बीच भएको खेलमा महेन्द्र विद्या आश्रमले जित्यो । बासु र सेक्रिट हर्ट बीच भएको खेलमा सेक्रिट हर्टले जित्यो । जेसिस् र मेधाबीच भएको खेलमा मेधाले जित्यो । सूर्यदय र सैनिक बीच भएको खेलमा सैनिकले जित्यो । बालबिकास ई.से.स्कूल र गणेश मा.बि. बीच भएको खेलमा गणेशले जित्यो । 
भोलि क्वाटर फाइनल र सेमिफाइनल खेलहरु बिहान ९ः०० बजेदेखि सुरु हुने भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments