भक्तपुर, ७ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालय स्तरीय नगरव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगिताको क्वाटर फाइनल र सेमिफाइनल सम्पन्न भयो । 
पहिलो क्वाटर फाइनलमा पारागन एकेडेमी बिरुद्ध शारदा मा.बि.बीच भएको खेलमा शारदा मा.बि.ले जित हासिल गर्यो र शारदा मा.बि. जर्सि ९ क्याप्टेन बिजय मोक्तानले एक गोल र जर्सि नं ७ का अर्जुन लुङ्गबाले दुई गोल सहित तीन गोल गरेको थियो भने पारागनका जर्सी नं ७ का अमन श्रेष्ठले १ गोल गरेको थियो । १–३ गोलले शारदा मा.बि.ले जित्यो । त्यसपछि भएको खेलमा सनसाईन नेशनल स्कूल बिरुद्ध महेन्द्र विद्या आश्रमबीच भएको खेलमा महेन्द्र विद्या आश्रमका जर्सि नं १५ का अस्मीन बुढाथोकीले एक गोल गरी जित हासिल गर्यो । त्यस्तै सेक्रिट हर्ट बिरुद्ध मेधा मा.बि.बीच भएको खेलमा मेधाका जर्सि नं ६ का स्वरुप खत्रीले एक गोल गर्यो भने सेक्रिट हर्टका जर्सि नं १० का समिर तामाङ्गले हाट्रिक गरेर ३–१ ले जित हासिल गर्यो । त्यस्तै सैनिक आवासिय मा.बि. बिरुद्ध गणेश मा.बि.बीच भएको खेलमा दक्ष लामाले एक गोल र किसन थापाले एक गोल गरी २–० ले सैनिकले जित्यो । त्यस्तै सेमिफाइनल खेलमा शारदा मा.बि. बिरुद्ध महेन्द्र बिद्या आश्रम बीच भएको खेलमा शारदाका जर्सि नं ९ का क्याप्टेन विजय मोक्तानले एक गोल र महेन्द्र विद्या आश्रमका जर्सि नं १५ का अस्मिन बुढाथोकिले एक गोल गर्दा बराबरीमा टुङ्गिएपछि ट्राई ब्रेकर अथवा पिनाल्टी सुट आउटमा ३–२ गोलले शारदा मा.बि.जित्यो । त्यस्तै सेक्रिट हर्ट बिरुद्ध सैनिक आ.मा.बि.बीच भएको खेलमा सैनिकका जर्सिं नं १५ दक्ष लामाले एक गोल, जर्सि नं १७ का अनुभब पुरीले एक गोल र जर्सि नं १४ का किसन थापाले एक गोल गरी ०–३ ले सैनिकले जित्यो । भोलि पुस ९ गते सैनिक आवासिय माहा विद्यालय र शारदा मा.बि.बीच बिहान ९ः०० बजे सुटर फुटसल ग्राउण्डमा फाइनल तथा पुरस्कार वितरण हुने भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो । 

...

All Comments.......


Please Login/Register To Comments