सगुन भजन
  • Post Date 2022-12-25 07:47:21

भजन रचनाकार ः डा. इन्दुल केसी, संगीतकार ः सत्यनारायण मानन्धर

भजन गरौं सबले भजन गरौं ।
गुनगान गरौं मनले गुनगान गरौं ।। धु ।।

धर्म मार्गमा लागौं, सत्मार्गमा लागौं 
समाज सेवा नै ठूलो धर्म हो जानौं ।
मातृदेव भवः पितृदेव भवः
जन सेवा नै ठूलो धर्म हो मानौं ।। १ ।।
भजन गरौं .............

मर्यादा पुरुष रामको आर्दश मानौं
अवतारी कृष्णजीको गिता ज्ञान बुझौं ।
महामानव बुद्धको – शान्ती मार्गमा लागौं 
उनको धर्म दर्शन – शील पालन गरौं ।। २ ।।
भजन गरौं .............

गायक ः क) सत्यनारायण मानन्धर, 
ख) सब्बु केसी 
ग) डा. इन्दुल केसी
बाद्यबादक ः क)हार्मोनियम (सत्यनारायण मानन्धर), ख) तबला बाधक (श्री गौत्तम श्रेष्ठ), 
ग) बाँसुरी बाधन (श्री नरेन्द्र शाही), घ) गीतार बाधक (श्री एस हाडा)
रेकर्डिङ स्टुडियो ः नवदुर्गा डिजिटल, भक्तपुर

यो भजन श्री श्यामसुन्दर रास भजन मण्डल, नासमनाबाट प्रकाशित त्रिभाषीय भजन संग्रहबाट साभार गरिएको हो ।

...

All Comments.......


Please Login/Register To Comments