काठमाडौं, १७ पुस । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा संचालन गरिरहेको रत्नपार्कस्थित सहरी सेवा केन्द्रको ठेक्का सकिएको वर्षौ हुँदा पनि ठेक्का लगाउने वास्ता गरेको छैन ।

वार्षिक आधा करोड भन्दा माथि उठ्ने राजश्वको समेत ख्याल नगरी काठमाडौं महानगरपालिकाले सेवा केन्द्रमा रहेको व्यापारीको लाखौं रूपैयाँको सामग्रीमा ताला लगाएर राखेका छन्। महानगरपालिकाले अहिलेसम्म ताला नखोली चुपचाप बसिरहेका छन् । यसरी महानगर चुपचाप बसेपछि व्यापारीको सामान सहरी सेवा केन्द्र भित्रै बन्धक बनेका छन् ।

व्यापारीको सटर नखुलेपनि सेवाकेन्द्रको शौचालय भने अहिले पनि खुलिरहेकै छ । शौचालय निरन्तर संचालन भइरहेकाे छ । शौचालयबाट महिनाको लाखौं रुपैयाँ भाडा उठ्छ तर सहरी सेवा केन्द्रको ठेक्का नलागेपछि भाडा बापतको रकम कहाँ कसरी दाखिला भएको छ यस्को राजश्व दाखिला भएको छ छैन केहि अत्तोपत्तो छैन ।  

यसरी भएको थियो सम्झौता
काठमाडौ महानगरपलिकको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्र २०७३ साल भदौ १ गते लाम्पनटार सिन्धुली स्थायी घर भएका माधबप्रसाद काफ्लले मर्मत संभार गरि सञ्चालन गर्ने भनेर करार सम्झौता गरेका थिए ।

पाँच वर्षको करार सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै साउन १ गते काठमाडौं महानगरपालिकाले कि करार सम्झौता थप गर्नु पर्ने कि त करार सम्झौता खारेज गरी ठेक्का अरूलाइनै दिनुपर्ने देखिन्छ ।

करार सम्झौता साउन मसान्त मै सकिएपनि ठेकेदार माधबप्रसाद काफ्लेले व्यापारीहरूसंग असोज सम्मको भाडा असुलेर खाएको छ भने पसल अहिले सम्म खालि गराएको छैन उल्टै व्यापारीको सामान बन्धकमा राखेर ताला लगाइदिएका छन् ।

व्यापारी के भन्छन
काठमाडौं महानगरपालिकाले व्यापारीहरूको सामान बन्धक बनाएको आरोप छ । अहिलेसम्म उनीहरुको लाखौरुपैयाँ घाटा भएको एक व्यवसायी बताउँछन् । व्यवसायीहरु भन्छन् काठमाडौं महानगरपालिकाले हाम्रो सामान बन्धकमा राखेर हामीलाइ घर न घाटको बनाउन पाइदैन । अब हुने सम्झौंतामा हामीसंग सहकार्य गर्नुपर्छ हामी महानगरले जसरी राखेपनि स्वीकार्य छ । महानगरको सम्झौता अनुसार हामी व्यवसाय चलाउँछौं । महानगरकै नियम अनुसार भाडा तिर्छौ ।  
सम्झौताअनुसार सो सेवा केन्द्र नविकरण नहुने भनेर स्पस्ट लेखिएको छ । करार सम्झौता सकिएको झण्डै एक वर्ष पाँच महिना लागिसक्यो तर उक्त स्थानको सटर नत खाली गर्न सकेको छ न त खोल्ननै सकिरहेका छन् । अहिले उक्त सटरहरु भदौ १ गते करार सम्झौता सकेदेखी बन्द गरी व्यवसायीको सामान बन्धकमा राखिएको छ । न व्यवसायीले सटर खोल्न सकेका छन न नगरपालिकाले टेन्डर लखुलाउनै सकेका छन् ।

महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार सो सेवाकेन्द्रको भबन सम्झौता सकिएको र अहिलेको अवस्थामा सो भबनका शौचालयहरु प्रयोग गर्न लायक नभएका कारण नयाँ प्रविधिमैत्री बनाउने या त्यसैलाइनै निरन्तरता दिने भन्ने निर्णय नभइसकेकोे बताए । अब केहिदिन भित्रै सो निर्णय हुने बताए ।

उनले भने, उक्त केन्द्र पछिल्लो पटक राजश्वले हेरेको छ । सोमबारदेखि मेरै कार्यक्षेत्रमा पर्छ । यसलाइ राख्ने भए राख्ने र फाल्ने भए फालेर जान्छु । नयाँ बनाउनुपर्ने या बनाएर चलाउने हो म निर्णय गर्छु ।

पुरानो ठेक्का पनि मैले नै लगाएको हुँ । माधवप्रसाद काफ्ले संगको नाता सम्बन्ध महानगरको छैन, खुल्ला टेन्डरमा जाने हो कस्ले पैसा धेरै हाल्यो उसैले पाउँछ ।’ उनले भने राजश्वको विषयमा थाहा भएन काठमाडौं महानगरको राजश्व प्रमुख शिवराज अधिकारी संग बझ्नुस ।

काठमाडौं महानगरका राजश्व प्रमुख शिवराज अधिकारीलाई मैत्री न्युजले पटक पटक सम्पर्क गर्दा उनले यस विषयमा बोल्न चाहेनन् । उनले भने भेटेरै कुरा गरौला ।


...

All Comments.......


Please Login/Register To Comments