भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुर हाम्रो भक्तपुर भन्ने मुल मन्त्रका साथ आफूहरुले काम गरिरहेको बताएका छन् । परिसरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यसका लागि सहयोग गर्न सवैसँंग आह्वान गरियो । 
परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न आफूहरु अहोरात्र खटिरहेको बताए । त्यसैको परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दावी उनले गरे । पहिला रातको समयमा बाटोमा हिड्डा मोवाइल भए पनि लुटिने घटना हुन्थ्यो, उनले भने, मोवाइलसम्म पनि भएन भनेर कुटेर हिड्ने पनि हुन्थ्यो तर अहिले त्यस्ता घटना निकै कम मात्रै भएका छन् । 
भक्तपुरलाई सुरक्षित बनाउन गस्ती टोली पनि परिचालन गरिरहेको जानकारी उनले गराए । विशेष गरेर रातको समयमा ठाउँंठाउँंमा गस्ती प्रहरी टोली खटाइरहेको उनको भनाई थियो । गस्ती टोलीलाई प्रभावकारी रुपमा काम गराउन गस्ती टोली प्रमुखको निगरानी गर्ने कामहरु पनि गरिरहेको उनले जनाए । 
कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले पछिल्लो समय भक्तपुरमा लागूऔषध दुव्र्यसनीकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताए । लागूऔषध प्रयोगकर्ता वस्ने क्षेत्रहरुमा निगरानी गरी त्यहाँं उनीहरुलाई वस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उनले बताए । विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीहरुमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइराखएको उनले जनाए । 
कार्यक्रममा पत्रकारसँंग अन्तरक्रिया पनि गरिएको थियो । त्यस अवसरमा पत्रकारहरुले परिसरलाई विभिन्न सुझाबहरु दिएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments