हेटौंडाः बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ दलले संसदीय दलको नेता चयन गरेको छ । हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरेसँगै प्रदेश सभामा ६ दलले संसदीय दलको नेता चयन गरेको हो ।

हाम्रो नेपाल पार्टीले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत रुपमा शैलेन्द्रमान बज्राचार्यलाई चयन गरेको छ । शनिबार काठमाडौंमा बसेको दलको बैठकले बज्राचार्यलाई प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । बज्राचार्य काठमाडांै निर्वाचन क्षेत्र ८ को १ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई जना मात्र प्रदेश सांसद छन् । एक जना प्रत्यक्षतर्फ र एक जना समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बज्राचार्यले हाम्रो नेपाली पार्टी अहिले तत्काल सरकारमा जाने र कस्लाई समर्थन गर्ने भनी छलफल भइनसकेको बताउनुभयो ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज गोसाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । आइतबार काठमाडौंमा बसेको दलको बैठकले गोसाईलाई संसदीय दलको नेतामा चयन गरेको हो । गोसाई भक्तपुर निर्वाचन क्षेत्र १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

बागमती प्रदेश सभामा नेमकिपाको तीन जना सांसद छन् । गोसाईले अहिले नेमकिपा प्रतिपक्षमा बस्ने बताउनुभयो । उहाँले प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सुझाव दिने बताउनुभयो । बागमती प्रदेश सभामा ७ सात दल रहेकोमा नेकपा एकीकृत समाजवादी पार्टीले मात्र संसदीय दलको नेता चयन गर्न बाँकी छ । बागमती प्रदेश सभामा नेकपा एकीकृत समाजवादीको ७ जना सांसद छन् ।


...

All Comments.......


Please Login/Register To Comments