भक्तपुर । पुस २३ गते । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारणसभाको पानसमा दीप प्रज्ज्वलन गरि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का. नारायणमान विजुक्छे (रोहित) ले उद्घाटन गर्नुभएको छ । समुद्घाटन मन्तव्य दिनुहुदै उहाले सहकारीको भावना र उद्देश्य विपरित काम गर्ने सहकारी संस्थाहरुको संख्या बढिरहेको छ । त्यस्ता सहकारीसंस्थाहरुले बजारबाट जनताको पैसा संकलन गरी दुरुपयोग गर्ने, पैसा लिएर व्यवस्थापक तथा सञ्चालकहरु भाग्ने प्रवृति बढेकोले हरेक जनता सचेत हुनुपर्ने देखिनुका साथै आफूले नचिनेको सहकारी संस्थाहरुसंग कुनै कारोबार गर्नु गलत हुन्छ भन्नु भयो । 
उहा अगाडि भन्नुभयो कति व्यक्तिहरुको घर तथा खेत नै सहकारीले तानेको अवस्था छ । सहकारी संस्था सञ्चालन गर्नु जनताको सेवाको निम्ति हुनु पर्छ, यसबाट व्यक्तिगत फाइदा लिन खोज्नु सर्वथा गलत हो, त्यस्तो किसिमले व्यक्तिगत लाभको लागि सञ्चालन भएको सहकारी लामो समय नटिक्ने, धरासायी हुनेछ । 
हरेक सहकारी संस्थाले जनताको जीवनस्तर उठाउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि का. रोहितले संस्थाका शेयर सदस्यहरुमध्ये सिभिल इन्जिनीयरिड्डमा विद्याबारिधि गर्ने डा. चन्द्रकिरण कवां, बाल रोग क्षेत्रमा विशेषज्ञता हासिल गर्ने डा. विजयकुमार चिकंबञ्जार, चिकित्सा स्वास्थ्य शास्त्रमा एमबीबीएस गर्ने डा. श्रीजा किसी, डा. विक्रम मानन्धर, बीडीएस गर्ने डा. रोजिना त्वानाबासुलाई दोसल्ला ओढाउनुका साथै कदर पत्र र मायाको चिनो प्रदान गरि सम्मान गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडाका वडाअध्यक्ष का. उकेश कवांले मानिसहरुले व्याजको लोभमा समूदायमा आधारित सहकारीमा रहेको बचत निकालेर बजारिया  र फर्जी बहुउद्देश्यीय सहकारी संस्थामा पैसा जम्मा गरे बाट हामीले जनतालाई आर्थिक सचेतना दिन पुगेको छैन भन्ने प्रष्ट छ भन्नु हु“दै राम्रो कामलाई हामीले प्राथमिकता दिने हो । जब देशको राजनीतिक अवास्था कमजोर हुन्छ त्यहा“ अराजकताको स्थिति पैदा हुन्छ । बैंक माफियाहरुको चलखेल बढ्छ, त्यसको फाइदा अमेरिकी साम्राज्यवादले लिन्छ भन्नु भयो । अमेरिकी साम्राज्यवादकै कारण वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र ध्वस्त भइरहेको हो भन्नुभयो । उहा“ले कार्यक्रममा संस्थाबाट आयोजित टग अफ वार प्रतियोगिताका विजयीहरु र जुजु धौ –दही) बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य एवं संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्थाको साधारणसभाको सफलताको कामना व्यक्त गर्नु“हु“दै नेतृत्वकर्ताहरुमा हुनुपर्ने विशेषताहरु बारे चर्चा गर्नु भयो भने संस्थाको दिगो विकासको निम्ति साधारणसदस्यहरु सक्रिय हुनु पर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उहा“ले २०७६, २०७७, २०७८ सालमा एसईई उतीर्ण गर्ने संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई प्रशंसा–पत्र, मायाको चिनो तथा पदक प्रदान गर्नु भइ बधाइ दिनु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का सचिव जगनाथ प्रजापतिले समूदायमा आधारित सहकारी नै जनताको सहकारी भएकोले यस्तै सहकारीमा मात्र पैसा जम्मा गर्नु पर्ने भएकोले हरेक जनता समूदायमा आधारित सहकारी र बजारिया सहाकरी पहिचान गर्न सक्षम हुनुपर्ने विचार व्यक्त गर्नुभयो भने संस्थाका सल्लाहकार विश्वराम कवांले संस्थाले पीएचडी, एमडी, एमबीबीएस लगायत विषयहरु विशेषज्ञता हासिल गरेकाहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्नु भयो । हिजो हेपिएका, पछाडि पारिएका भक्तपुर बासीहरुबाट यस्तो किसिमको जनशक्ति तयार हुनु खुशीको कुरा हो भन्नु भयो ।
कार्यक्रममा संस्थाका सचिव हरिकृष्ण दनेगुलुले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुवन गोसाईले आर्थिक प्रतिवेदन तथा नया“ बजेट र लेखा सुपरिवेक्षण समितिका राकेश सुकुपायोले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सभामा प्रस्तुत् गरेका थिए । 
१५ औं वार्षिक साधारण सभाको दोस्रो सत्रले सभामा प्रस्तुत् सबै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरेको समाचार प्राप्त भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नारायणप्रसाद कवांले र धन्यवाद ज्ञापन इन्द्रमाया लागेले गर्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments