भक्तपुर । भक्तपुर प्रहरीमा सवैभन्दा वढी मुद्धा दर्ता बैंकिग कसुरमा देखिएको छ । भक्तपुर प्रहरी परिसरले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९।८० पुससम्म सवैभन्दा वढी बैकिंग कसुरमा एक सय ८४ वटा मुद्धाहरु दर्ता भएका छन् । 
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले चालू आर्थिक वर्षको हालसम्म कुल चार सय ६८ वटा मुद्धा दर्ता भएका छन् । ती मुद्धा दर्तामा दुई सय ७८ जना पक्राउ गरेको जनाइयो । साथै दुई सय १८ जना फरार रहेको तथ्यांक छ । 
पछिल्लो समय बैंकिंग कारोबार वढेसँंगै बैकिंग कारोबार मुद्धा दर्ता हुने क्रम वढेको एसपी केसीको विश्लेषण छ । तथापि यसलाई न्युनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाई छ । 
बैकिंग कसुरपछि दोश्रो वढी मुद्धा दर्ता चोरीको रहेको छ । चोरीका ५१ मुद्धा दर्ता भएका छन् । यसपछि क्रमशः सवैभन्दा वढी भवितव्य ज्यानका ३३, अभद्र व्यवहारका ३१, जवरजस्ती करणीका २८, झुण्डी मृत्युका २८ मुद्धा दर्ता भएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनका अनुसार सवैभन्दा कम मुद्धा भने जवरजस्ती करणी उद्योग, मान ववेचविखन, सटाबाजी, अपराधिक उपद्रब गर्न नहुने, बगलीमारामा परेका छन् । तिनीहरुमा एकएक वटा मुद्धा मात्रै परेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments