हेटौडा : बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छन्। उनले नेपालको संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र राज गोसाई र समर्थकमा गीता काफ्ले रहेका छन्।

११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ।

कांग्रेसका ३७,नेकपा एमालेका २७,माओवादी केन्द्रका २१,राप्रपाका १३,नेकपा एसका ७,नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।


...

All Comments.......


Please Login/Register To Comments