यतिखेर कला संस्कृति भजन प्रेमी भक्तपुरका जनता दुःखी भएका छौं । कारण युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश भएको भक्तपुर नगरभित्र जति पनि मन्दिर, भजन, सतल पाटी आदि २०७२ सालको भूकम्पले क्षति भई पुननिर्माण गर्दा परम्परागत निर्माण सामाग्री सुर्की चुन आदि प्रयोग गरी भक्तपुर नगरबाट अनेकौ निर्माण कार्यहरु गरिरहेको सवै सर्वविदितै छ । तर नेपाल सरकार सस्कृति मन्त्रालय पुरातत्व विभाग अन्तर्गत भक्तपुर दरवार हेरचाह कार्यालयले रु एक करोड २५ लाखमा ठेक्काद्धारा निर्माण गरिएको नयाँं भबन हालसम्म सम्वन्धित उपभोक्ता समितिलाई हस्तान्तरण हुन सकेको छैन । यस भबनमा जडान गरिएको भरयांग उपयुक्त नभएको नयाँं भबनमा पनि पानी चुही अशोभनीय रुपमा उक्त भबनको ठाउँंठाउँंबाट छानाको माटो वगिरहेको हालसम्म पनि देख्न पाइन्छ । यस कार्यमा कार्यालय प्रमुखले कुनै चासो नदिई वेवास्ता गरिरहेको कला संस्कृतिको महत्व नवुझने, मापदण्ड विपरित सिमेन्ट प्रयोग गरी बनाइएका सो भबनको पसलहरुमा सुधार गरी सिमेन्टको सटा चुन, सुर्कीले नै तत्काल मर्मत गर्न आवश्यक छ । तसर्थ सम्वन्धित निकायले उक्त कार्यालयका प्रमुखलाई आवश्यक निर्देशन एवं उचित कारबाही गर्न यो चिटी प्रकाशित गरिदिन हुन अनुरोध गर्दछु ।
अनुरोधक
भक्तपुरका कलाप्रमी कृष्णभक्त हाडा तथा साथीहरु

...

All Comments.......


Please Login/Register To Comments