लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सदस्यीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहु“दै प्रमुख अतिथि भनपा साविक १५ बडाका पुर्व बडा अध्यक्ष रविन्द्र खर्बुजाले युवाहरु खेलकुद र शिक्षामा आवद्ध गराउन सके सभ्य समाजको निर्माण हुने र स्वस्थ रहन कुनै न कुनै खेलमा लाग्नु पर्ने बताउनु भयो । संस्थाका अध्यक्ष राजन जतिले सहकारीहरु समुदायमा आधारित रहेर विक्तिय कारोबार स“गै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै लैजानु पर्ने बताउनु भयो । युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको सो कार्यक्रममा सदस्य इन्द्र भक्त पंचले पनि प्रतियोगिताको महत्व बारे स्पष्ट पार्नुभयो । शुक्रबार भएको क्वार्टर फाइनल खेलमा विकाश पंचले विष्णुप्रसाद कर्माचार्यलाई, पुण्यराम स्वंगमिखाले प्रेमसुन्दर पक्कालाई, राज खुसुजूले रामकृष्ण खुसुलाई र प्रशँन्त देशेमरुले अनुभव पंचलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । संयोजक छुकांले सेमि फाइनल र फाइनल खेल पुस ३० गते हुने जानकारीे दिनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments