हेटौँडा । वागमती प्रदेशको उपसभामुखको लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । वागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सुना परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान तथा समर्थकमा आशा लामा रहेका छन् भने कांग्रेसकी परियारको प्रस्तावकमा उत्तम जोशी तथा समर्थकमा यान्किला शेर्पा रहेका छन् ।

नेमकिपाका काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थन रहेको छ । बागामती प्रदेश उपसभामुखको निर्वाचन माघ २ गते हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले बताए ।


...

All Comments.......


Please Login/Register To Comments