भक्तपुर, ३० पुस । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ मा निर्वाचितहरुलाई बधाई ज्ञापन तथा बनभोज कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा च्वङ्गागणेश सल्लाघारीमा एक समारोह बीच शनिवार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले स्वास्थ्य, अनुशासन, मित्रताका साथै सार्वभौमिकताको लागि हो भन्नुभयो । उहाँले देशमा सार्वभौमिकता माथि थिचोमिचो बढी रहेको बताउँदै संसदीय व्यवस्थापमा प्रमुख प्रतिपक्ष विहिन हुने गरी नेकाले प्रचण्डलाई प्र.म. बनाउनु बेलायती सिस्टममा छायाँ सरकारको भुमिकामा रहि सरकार असफल भए नेतृत्व गर्न तयार हुनु पर्ने मान्यताका साथ भारत हुदैँ नेपालमा संसदले बनाएको कानुन नमाने अवस्थाले अराजकता फैलिने बताउनुभयो । उहाँले संविधान अनुसार अब प्रमुख प्रतिपक्ष नेपाल मजदुर किसान पार्टी भएको बताउँदै सभाध्यक्ष वा सभामुखले नेमकिपालाई प्रमुख प्रतिपक्ष घोषणा गर्नुपर्ने माग गर्नुभयो । उहाँले अहिले अर्थतन्त्रले कर्मचारीहरुलाई तलब खुवाउन पनि नपुग्ने बताउँदै बहुराष्ट्र कम्पनिको सस्तो ज्यामि बनाउन विदेश पठाउने नीतिले दैनिक ६÷ ७ वटा लास भित्रि रहेको बताउँनु भयो । उहाँले युवाहरु सबै विदेशीयपछि अब बृद्धबृद्धाहरुको मृत्यु पछि छोराछोरीहरु विदेशबाट नआएसम्म लास कुहिनबाट बचाउन स्थानीय तहको गाउँपालिकाहरुले लास राख्ने डिफ्रिज किन्न बजेत राखेको सुनाउनुभयो । उहाँले बैंक माफियाहरुले बैकमा ऋण लिने र व्याज मिनाहा गर्ने गर्दा तल्लो वर्गको हित हुन नसकेको बताउनुभयो । उहाँले भ्रष्ट्राचार विरुद्ध, प्रजातन्त्रको लागि खेलाडीहरु लागि पर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले निर्वाचनमा आफ्नो अमुल्य मत दिएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दे देशमा शासक दलहरुको अक्रमण्यताका कारण देश जोगाउन गा¥हो हुन अवस्था आएकाले खेलाडीहरु र युवाहरुको एकता कायम भए मात्र देश जोगाउन सक्ने बताउनुभयो । उहाँले युवा भन्नाले वीर, साहसिक, कर्मयोद्धा, जवान, सु–विचार, सु–कर्म र अनुशासित एवं चेतनशील नागरिक भएकोले युवा अवस्था जोश जागर र उमंगले भरिएका युवा शक्ति एकत्रीत गर्न सकेको खण्डमा राष्ट्र निर्माण, विकास लगायत संघलाई पनि विकास गर्न सकिन्छ भन्नुभयो । 
उहाँले युवाहरुलाई तहस नहस पार्ने पूँजीवादीहरुको घृणित हतियार लागुपदार्थ, वेश्याबृत्ति र जुवातासले युवाहरुको काम, शिक्षा, व्यापार, समाजिक कार्यमा असक्षम बनाई दिने र अनैतिक कार्यमा सहभागी गराउने विकृति विरुद्ध युवाहरुलाई सचेत पारी शारीरिक तथा वौद्धिक विकासको लागि खेलकुद अथवा अनुशासन, मित्रता र विकासको लागि खेलकुद संचालन गरी युवाहरुलाई सक्षम योग्य बनाई युवा जगतलाई अनुशासित, लगनशील, धैर्यवान र शोषितपिडित वर्गको पक्षमा संघर्षशील गराउनु आजको आवश्यकता भएको बताउनुभयो । 
कार्यक्रममा नेमकिपाका प्रदेश सभासद् सृजना सैजूले देशको राजनीति सबैसंग जोडिने भएकोले खेलकुद पनि अछुतो रहन नसक्ने बताउनुभयो । उहाँले देशको परिस्थिति र शासक दलहरुको कारण प्रजातन्त्र संकट परेको बताउँदै शासक दलहरुले गाईजात्रा देखाई रहेको बताउनुभयो । उहाँले ३० बर्ष पञ्चायत विरुद्ध संघर्ष गरेर आएको प्रजातन्त्र र गणतन्त्र मास्ने र राजालाई काँधमा बोकि हिड्ने राप्रपालाई सभामुख बनाउन लागि परेकोले त्यस विरुद्ध सभामुख र उपसभामुखको उम्मेदवारी दिएको बताउनुभयो । उहाँले राजनीति दल दर्शनको आधारमा राजनीतिक संस्कार मुल्यमान्याताबाट चल्नु पर्नेमा शासक दलहरु त्यसरी नचलेकोले जनताको प्रजातन्त्रको लागि बोल्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ्ग संघका आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठ नेपाल मजदुर किसान पार्टी विचार देश विकास हुने बताउँदै विकृति विसंगति हटाउन सके खेलकुद विकास हुने बताउनुभयो । उहाँले युवाहरुलाई दुव्र्यसनीबाट टाढा राख्न खेलकुद महत्वपूर्ण रहेकोले भक्तपुर नगरपालिकाले बक्सिङ्ग प्रतियोगिताको लागि आशा व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेपाल बक्सिङ्ग संघका राम अवालेले एक थुकी सुकी सय थुकी नदि भने जस्तै धेरै बक्सिङ्ग खेलाडी उत्पादन गरे गुणस्तरमा पनि बृद्धि हुने बताउनुभयो । उहाँले भक्तपुर जिल्ला बक्सिङ्ग संघले बक्सिङ्ग विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । 
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापतिको मन्तव्य राख्दै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा लक्ष्मी प्रसाद दुवाल र साजन लघुले पनि बोल्नुभएको थियो ।  
 

...

All Comments.......


Please Login/Register To Comments