काठमाडौं । एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटम कम्टििशनमा उत्कृष्टहरु आइतबार दी एभरेष्ट होटल नयाँंं बानेश्वर काठमाडौंमा एक कार्यक्रमवीच पुरस्कृत भएका छन् । पहिलो एकजना, दोश्रो दुईजना, तेश्रो तीन जना, चौथो चार जना र पाँंचौ पाँंच गरी कुल १५ जनालाई नौ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो । 

एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिशनमा सहभागीहरुमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीहरुले उनीहरुलाई नगद पुरस्कार वितरण गरेका थिए । 

पहिलो पुरस्कार रविन मोक्तानले जित्न सफल भएका थिए । उनले एक लाख ५० हजार नगद पुरस्कार पाए । दोश्रो पुरस्कार दुई जनाले एकएक लाख रुपैयाँं नगद प्रतिव्यक्ति पुरस्कार पाएका थिए । दोश्रो पुरस्कार पाउनेहरुमा हेमन्त पाण्डे र अजय श्रीस मगर घोषित भएका थिए । तेश्रो हुने तीन जनालाई प्रतिव्यक्ति ७५ पचहतर हजार नगद वितरण गरिएको थियो । तेश्रो हुन सफल हुनेहरुमा विशेष सिग्देल, रेश्मा राई र गोकुल नकर्मी रहेका थिए । चौथो चार जनाले प्रतिव्यक्ति पचास ५० पचास हजार नगद पुरस्कार पाएका थिए । चौथौ हुनेहरुमा नमु न्यौपाने र गोपाल कृतिको जोडी, अस्मिता भुजेल, जिके डान्स एकेडेमी र प्रिन्सिका श्रेष्ठ रहेका थिए । पचौमा पाँंच जनाले प्रतिव्यक्ति ३० तीस हजार नगद पुरस्कार पाएका थिए । पाँंचौ हुन सफल भएकाहरुमा सुरोज तामाग, मयुर वस्नेत, अशोक क्षेत्री र रविन अधिकारीको जोडी, रमेश वुढाथोकी र अन्जन न्यापाने रहेका थिए । 

यसअघि प्रतिस्पर्धीहरुमध्ये पुरस्कृत हुने १५ जनाको नाम छनौट गरिएको थियो । कुल प्रतिस्पर्धीहरु देशभरिबाट करिव पाँंच सय जना रहेको कार्यक्रममा बताइयो । प्रतिपस्र्धीहरुमध्ये सवैले ४४ सेकेण्डको एस वाई बजारको जिंगलमा आधारित रहेर टिकटक बनाएका थिए । उनीहरुलाई ५० प्रतिशत कन्टेन्ट, २० प्रतिशत क्रियटिभिटी, २० प्रतिशत लाइक र १० प्रतिशत कमेन्टलाई आधार बनाएर मूल्यांकन गरिएको कार्यक्रममा बताइयो । कार्यक्रममा एसवाई बजारलाई प्रात्साहन गर्ने तीनजनालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।  

एसवाई वजार एउटा अनलाइन सपिंग बजार एप्स हो । यो एप्समा गएर आफूले चाहेको जुनसुकै कोरियन सामान नुनदेखि सुनसम्म अनलाइनमार्फत् पाउन सक्ने जनाइएको छ । एसवाई बजारले नेपालमा एसवाई प्यानलको पनि उत्पादन गर्दै आएको छ । एसवाई प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालका साथै युपीभीसीका झ्यालढोकालगायतका नयाँं निर्माण सामाग्री उत्पादन गर्ने गर्दछ । 


  



...

All Comments.......


Please Login/Register To Comments