किकम्पा मन्टेश्वरी प्रि स्कलको चौथो बार्षिक उत्सवको उपलक्ष्यमा ग्राण्डपारेन्ट हजुरबा हजुरआमा दिवस सुर्यविनायक नगरपालिकाका वडा अध्यक्ष श्री पुष्पराज बस्नेतज्यूको प्रमुख आतिथ्थता तथा पोषण विज्ञ नेपाल क्यान्सर अस्पतालका कविता महर्जनको बिषेश आतिथ्यतामा स्कुलको प्रागण ईतबु ८ मा सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि श्री बस्नेतज्यूले अभिवावक दिवसको रुपमा आमाबुवालाई बोलाउने गर्ने गरिन्थ्यो भने यस स्कुलले नौलो अभ्यास गरी बालबच्चाको बजेबाज्यलाई बोलाई दिवस मनाएकोमा खुशी व्यक्त गरी यो कार्यक्रमले बालबच्चालाई बजेबाजेसँग घुलमील हुने वातावरण श्रृजना गर्ने एउटा असल कार्यक्रम अभ्यास भएको भएको बताउनु भयो ।साथै उहाँले नेपालको शन्दर्भमा सरकारी पक्ष र निजी पक्ष एक आपसमा हातेमालो गरी गएमात्र हरेक कार्यक्रम सफल हुने भएकोले नगरपालिकाले पनि निजीक्षेत्रलाई उपक्षित गरी जान नसक्ने बताउनु हुन्दै अभिभावकहरुलाई पनि भविष्यका कर्णधार बालबच्चालाई स्कुल भर्ना गर्दा स्कुलको वातावरण गरीमात्र स्कुल छनौट गर्न अनुरोध गर्नुभयो । विषेश अतिथि पोषण विज्ञ कविता महर्जनज्यूले बालबच्चाको उमेर उचाई तथा तौलको आधारमा पोषणयुक्त खाना दिएमात्र बालबच्चा स्वस्थ हुने हुनाले बालबलिकाको हरेक पक्षलाई अभिभावकहरुले ध्यान दिनुपर्ने बताउनु भयो । साथै उहाँले हरेक उमेरका मानिसहरुले आफ्नो उमेर उचाई र तौल अनुसार खाना खानु पर्ने कुरा बताउनु भयो । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाज्यूले खुल्ला बातावरणमा विभिन्न अतिरिक्त क्रियाकलापमा स साना नानीहरुलाई सहभागिता गराई पारिवारिक वातावरणमा शिक्षा दिएकोमा बधाई दिनहुन्दै स्कुलको प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा मन्टेश्वरी वल्ड स्कुलका प्रिन्सिपल मगला प्रजापति अभिभावको तर्फबाट सत्यनारायण दिदियाज्यूले शुभकामना व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रवन्धक अच्यूत प्रजापतिज्यूले स्कुल स्थापना गर्नुको औचित्य तथा स्कुलले बालबालिकाको शैक्षिक गुणस्तरका लागि विद्यालयले समय समयमा गरिरहेको कार्यक्रमबारे बताउनु भयो भने प्रिन्सिपल राजेश लाखाज्युले स्कुलको गतिविधिबारे जानकारी गराउनु भयो । स्कुलका व्यवस्थापन समितिका अध्यक्ष श्री देवचन्द्र बज्राचार्यज्युको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता बिजय बिद्यार्थीहरुलाई प्रमुख अतिथि लगायतले पुरस्कार विवरण गर्नुको साथै उपश्थित जेष्ठ अभिभावक बर्ष ७८ का श्री बुद्धिबहादुर मानन्धर तथा ७६ बर्षका जेष्ठ अभिभावक श्री आशमाया लाखाजुज्यूलाई दोसल्ला ‍औढाई सम्मान गरेको थियो भने कार्यक्रममा किकम्पा मन्टेश्वरी प्रि स्कुलका शेयर सदस्य ईन्द्रभक्त पंच तथा बन्दना राजोपाध्यायज्यूले स्कुलको विभिन्न क्रियाकलापबारे बोल्नु भएको थियो ।
औपचारिक कार्यक्रम पश्चात किकम्पा मन्टेश्वरी प्रि स्कुलका विद्यार्थीहरु शिक्षक ाचभत द्यबलज तथा किकम्पा सास्कृतिक प्रतिष्ठानका कालाकारहरुले आ आफ्नो सास्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । 

...

All Comments.......


Please Login/Register To Comments