भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा सोमबार विहान एकजना पुरुषको मृत लाश उतानो परेको अवस्थामा भेटिएको छ । गुण्डुस्थित बाटोनजिक कुलोमा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका वर्ष ५३ को झलकबहादुर थापाको लाश भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे बुझ्न भक्तपुर प्रहरी बृत जगातीबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली खटिएको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । मृतकका छोरा विशाल थापाले आइतबार दिउँंसो तीन बजे बुबा घरबाट हिडेको बताएको प्रहरीले जनाएको छ । उनी मापासे गर्ने व्यक्ति रहेको पनि बुझिएको जनाइएको छ । मृतकको लागि पोष्ट मार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुरमा रहेको जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments