माघ ५ देखि ७ सम्म भक्तपुरको महेश्वरी बैंक्वेटमा हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने भएको छ । मुख्यतः विद्यालय र कलेजस्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्ने लक्ष्य सहित आयोजित बुक फेयरमा सो उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ । पुस्तक मेलाको क्रममा विभिन्न कार्यक्रम पनि हुने भएको छ । मेलाको उद्घाटन कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पठक संस्कृतिको प्रबद्र्धनबारे प्रवचन दिने कार्यक्रम छ । माघ ७ गते पोषणविज्ञ डा. अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ । सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन तथा सांगीतिक कार्यक्रम हुनेछ । त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ । मेलामा चलचित्र प्रदर्शनी, मृतिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला आदि कार्यक्रम पनि भएको आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क हुनेछ ।...

All Comments.......


Please Login/Register To Comments