भक्तपुर । भक्तपुरमा बसभित्र तास खेलिरहेका चार जना जुवाडेलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किग गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई पक्राउ गरेको हो । भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास पनि पक्राउ गरेको जनाए । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले जनाए । प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीकृष्ण थापाको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । 

...

All Comments.......


Please Login/Register To Comments