भक्तपुर, १० माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैंया सुवालको नेतृत्वमा च्याम्हासिंहमा ५ वटा औषाधि पसलहरु मंगलबार अनुगमन गरियो । अनुगमनमा पसलमा औषाधि विक्रिको लागि फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट अनुमति नलिएकाहरु बसिराखेको र विना दर्ता संचालन भएको बताउनु भयो ।
अनुगमनमा लोकहित डेण्टल होम २०७१ सालदेखि नगरपालिकामा बिना दर्ता संचालन गरेको पाइएकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो भने सेवासुविधाको विवरण र मुल्य सूचि राख्न निर्देशन दियो ।
त्यस्तै च्याम्हासिंह मेडिकल हल ३÷४ बर्षदेखि नविकरण विना संचालन भएको र पसलमा औषाधि विक्रिको लागि फार्मेसिष्ट वा औषाधि व्यवस्था विभागबाट अनुमति नलिएका बसिराखेकोले नविकरण गरी नगरपालिकामा तीन दिन भित्र उपस्थित हुन निर्देशन दियो । 
त्यस्तै कल्याण फर्मेसी १ बर्ष अगाडिदेखि विना दर्ता संचालन भएकोले पसल दर्ता गरी तीन दिन भित्र नगरपालिकामा दर्ता प्रमाणपत्र लिएर उपस्थित हुन निर्देशन दिई मानसिक रोगीको औषाधि विक्रि गर्दा तथ्याड्ढ लगत राखीमात्र विक्रि वितरण गर्न निर्देशन दियो । 
त्यस्तै नवदुर्गा औषाधि पसल ३÷४ बर्षदेखि नविकरण नगरेकोले त्यहि नविकरण गराएर म्याद नाघेको औषाधिहरु ओविचेक–१०० एस आर एक बट्टा र फेबु –४० एक बट्टा भेटिएको जफत गरी नष्ट गरिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. भगउर हरिजन, प्र.ह. पदम पौडेल, प्र.ह. प्रदिप थापा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, ख्वप अस्पतालका मनिष ज्याख्वको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments