भक्तपुर । गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन, भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ । करिब छ महिना वितिसकेको छ । यसले गर्दा जनताको सेवामा प्रभावित भई जनजीवन कष्टकर बनेको छ । यतिको समय वितिसक्दा पनि कोहीं कर्मचारी भ्याईनभ्याई छ भने कोहीं सुतीसुती तलब खाईरहेको छ ।

    धेरै टाढा होइन भक्तपुर नगरपालिकामा कोहीं कोहीं कर्मचारीलाई भ्याइनभ्याइनै भइरहेको दृष्य देखें । अहिले कोभिड १९ को संक्रमण बढेकोले काठमाण्डौं उपत्यका नगरपालिका फोरमले सबै उपत्यकाका सबै नगरपालिकाहरु बन्द गर्ने निर्णण गरेको थियो । भक्तपुर नगरपालिकाले विदा दिएको छैन । त्यहाँ श्यानिटेशन बाहेक शाखा उपशाखा र वडाकार्यालयहरुका कर्मचारीहरुलाई विदा र आलोपालो गरी काम गरेको देखिन्छ । तर श्यानिटेशन उपशाखाका कर्मचारीहरु काम गर्नेको नाम ......... भने जस्तै काम गर्ने नै बढी गाली खानु पर्ने र गल्ती हुने गर्छ घरमा बसी बसी सुति खानेको के गल्ती हुन्छ र । भक्तपुर नगरको अनियमिता नियन्त्रण गर्ने उक्त शाखामा सम्पदा सम्बन्धि ज्ञान भएको प्राविधिकहरु खटाएर काम गराउने पर्ने हुन्छ । किनकि भक्तपुर विश्व सम्पदामा सुचिकृत नगर हो । हो भक्तपुर नगर साँस्कृतिक नगर हो । यहाँको मूर्त र अमूर्त सम्पदाहरुले भक्तपुर विश्व सम्पदा सूचिमा सूचिकृत छन् भने विश्वका मानिसहरुले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले यहाँको सम्पदा संरक्षण र संम्बद्र्धनमा पु¥याएको योगदान कम आकंलन गर्न सक्दैन । जसले गर्दा यहाँको सम्पदालगायत कला सँस्कृतिहरु जीवित छन् । यो जीवित संग्राहलय बन्नुमा यहाँका नगरबासीहरुको देन नै हो ।

    भक्तपुर नगरपालिका वडा नं १० क्वाठण्डौंबाट तिनाछें जाने गल्लीमा केही मानन्धरहरुको मुर्दागुठी घर बिना नक्सा निर्माण गर्न खोज्दा नगरपालिकाका कर्मचारीहरु धेरै पटक रोक्न आयो । तर गुठीयारहरुले जबरजस्ती बनाउने भनेर भनिरहेको थियो । उक्त मुर्दागुठीघरको दक्षिण पट्टि मुर्दागुठी घरसंगै फः(दबु) थियो । उक्त खाली कित्ता भएको सार्वजनिक जग्गा अर्थात फः(दबु) संरक्षण गर्नु नगरपालिकाको दायित्व हो । साथै फः(दबु) पनि एक प्रकारको मूर्त अमूर्त सम्पदा भित्र पर्छ । पहिला पहिला गुठीघरसंगै फः(दबु) बनाउनु त्यसको एैतिहासिक र साँस्कृतिक कारणहरु हुन सक्छ त्यसैले त्यस्ता फः(दबु)हरु नास गर्नु हुँदैन । अझ भनौं गुठीयाहरुले त झनै हुँदैन किनकी गुठी नै एक प्रकारको अमूर्त सम्पदा भित्र पर्छ । त्यसैले त्यस्ता सम्पदाहरु संरक्षण संम्बद्र्धन गर्नु सम्पदाप्रेमीहरु लगायत गुठीयारहरुको पनि कर्तव्य हो । कोहीं अबुझ गुठीयारहरुले त्यो फः(दबु) नष्ट गरेर मुर्दागुठी घर अलि ठूलो बनाउने सोचले काम गर्नु गुठीयारहरुको अबुझ स्वार्थ बाहेक केहीं हुन सक्दैन् । त्यसैले सम्पदाप्रेमी गुठीयारहरुले फः(दबु) संरक्षणमा ध्यान दिनु पर्छ नगर सम्पदा नास गर्ने र स्वार्थको निम्ति काम गर्ने मातियारमा गनिने छ । अनि आपूmले जीन्दगीभर सम्पदा जोगाउनमा काम गरेको सानो स्वार्थले सम्पदाप्रेमीको छाप सकिने छ । त्यसैले समयमा नै बुद्धि पु¥याएर सचेत बन्नु बुद्धिमानी हुनेछ ।

यी कुराहरुलाई मध्यनजर नगर्दा गुठीयाहरुले निर्माण गरेको मुर्दागुठी घर अलि ठूलो बनाउने स्वार्थी भवनाका कारण अमूर्त सम्पदा फः(दबु) नासिने भएकोले नगरपालिकाका कर्मचारीहरुले दबुतिर निर्माण गरेको सबै भत्काई सामान नै उठाएर लग्यो । यसले सम्पदाप्रेमीहरुको हौसला बढाउने काम नगरपालिकाले गरेको छ । यो स¥हानीय कामले स्थानीयहरु पनि खुसि देखिन्छन् ।
...

All Comments.......


Please Login/Register To Comments