भक्तपुर, माघ १४ । उदय बचत तथा ऋण सहकारी संस्थाले शनिबार लिवालीमा संस्थाकै सभाहलमा २७ अाैं अर्ध वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका निवर्तमान अध्यक्ष निल नारायण कोजूले संस्थाको विकासका लागि अनुत्पादक क्षेत्र सांस्कृतिक संस्कारजन्य गतिविधिमा लगानी गर्नुभन्दा कृषि, पशुपालन, माछापालन जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुभयो । उक्त कार्यक्रममा संस्थाका कामु अध्यक्ष एवं उपाध्यक्ष तथा गोष्ठीका सभापति न्हुछे बहादुर प्रजापतिले समुदायमा आधारित सहकारी संस्थाको नियमित चासो राखेमा बचत कर्ताको रकम जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै जन्मदेखि मृत्युुसम्मको संस्कारमा सदस्यको संरक्षण सहित सहकारीकर्मी लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा संस्थाका सचिव दिल प्रसाद प्रजापतिले गत ६ महिनामा गठन भएको विविध उपसमितिको आवश्यकता र महत्त्व बताउँदै नेपालकै सबैभन्दा ठूलो सहकारी सहारा नेपालको अध्ययन भ्रमणमा पाएका सिकाई अनुभव सुनाउनुभयो । उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले शेयर पुँजी, बचत निक्षेप, नाफानोक्शान तथा संस्थाका तरलता र आर्थिक सक्षमता बारे जानकारी दिनुभयो । सोही कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले नवगठित उपसमितिलाई वर्षको कम्तीमा एक वटा कार्यक्रम गर्न सुझाव दिँदै विना धितो ऋण प्रवाहले अहिले सहकारीहरूमा आर्थिक संकट चुलिएको बताउनुभयो । अन्तक्रिर्या समेत भएको सो गोष्ठीमा संचालक सदस्य सोहन रञ्जित लगायत प्रबन्धक पूण्यराम गोसाइँले समेत बोलेका थिए । संस्थाले यहीँ माघ २१ गते शनिबार संस्थाकाे विभिन्न उपसमितिका सदस्यहरूलाई एक दिने सहकारी सक्षमता अभिवृद्धि तालिम समेत संचालन गर्ने कार्यक्रम राखेको छ
...

All Comments.......


Please Login/Register To Comments