भक्तपुर । काठमाडौं क्यान्सर सेन्टरले कलाकार संघ र चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकास्थित क्यान्सर सेन्टरले चलचित्र विकास बोर्ड र कलाकार संघसँग स्वास्थ्यबारे  सम्झौता गरेको हो ।
ती तीन संस्थाबीच विश्व क्यान्सर दिवसको अवसरमा त्रिपक्षीय सम्झौता भएको हो ।
बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदीलगायतका कलाकारहरुबीच सो सम्झौता भएको हो ।
सम्झौता लगत्तै क्यान्सरको उपचारमा छुटको व्यवस्था गरिएको छ ।
विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अन्जनी कुमार झाले कलाकार राष्ट्रका गहना भएकाले कलाकारहरुको उपचारका लागि सेन्टर प्रतिवद्ध रहेको जनाए । उनले क्यान्सरलाई सबै मिलेर परास्त गर्न जरुरी रहेमा समेत जोड दिए ।
सोही अवसरमा सेन्टरले कलाकारहरुको निः शुल्क क्यान्सर परीक्षण गरेको छ ।
सेन्टरमा बोर्डका अध्यक्ष भुवन केसी, प्रकाश सुवेदी, रवीन्द्र खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दिपकराज गिरी, दीपाश्री निरौला, विशाल भण्डारी, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, सुशान्त बस्याल, कैलाश कार्की, सुन्दर खनाल, सागर लम्साल लगायतका ५० बढी कलाकाहरुको उपस्थिति रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments