भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा सुरेशप्रसाद सैंजू निर्वाचित भएका छन् । संघको बुधबार भएको तेश्रो अधिवेशनले सैजूको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 
संघको उपाध्यक्षमा रेणु त्वानाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोंजू निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा सूर्यमान श्रेष्ठ, राजाराम नापित, सुनिल दुवाल र रामकृष्ण प्रजापति निर्वाचित भएका हुन् । 
अधिवेशनको उदघाटन केद्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्रातले गरेका थिए । उदघाटन कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, केन्द्रिय उपमहासचिव रत्न प्रजापति, काठमाडौंका अध्यक्ष पुष्कराज पाण्डे, ललितपुरका अध्यक्ष उपेश नौवाग, केद्रिय पार्षद् कृष्ण किसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्वाचित पदाधिकारीहरुलाई बुधबार नै पद तथा शपथ ग्रहण गराइयो । 
नवनिर्वाचित अध्यक्ष सैजू जनसञ्चार एफएमका अध्यक्ष हुन् । उपाध्यक्ष त्वानाबासु अन्नपूर्णकर्मी, सचिव प्रजापति भक्तपुर न्यूज अपडेट अनलाइन, सहसचिव एवीसीडी खवर अनलाइनकर्मी र कोषाध्यक्ष फोंजू छाता पोष्ट अनलाइनका सम्पादक हुन् । 

...

All Comments.......


Please Login/Register To Comments