अनुसन्धानमुल कृषिमा जोड दिनुपर्छ ः मेयर मिश्र
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले अनुसन्धानमूलक कृषिमा जोड दिएका छन् । भक्तपुर नगरपालिका वडा नं १० तुलाछेंका ईन्जिनियर कृष्णभक्त दुवालले चाँंगुनारायण नगरपालिका वडा नं २ न्हतीको खेतमा गरेको अनुसन्धानमूलक गोलभेडा खेतीको निरीषण गर्दै मेयर मिश्रले अनुसन्धानले नयाँं तथ्य थाहा पाउने र यसले समाजलाई अगाडि वढाउन सजिलो हुने भएकाले अनुसन्धानमा जोड दिए ।
नेपाल कृषि प्रधान देश भएको चर्चा गर्दै उनले कृषि अनुसन्धानलाई अझ वढ्ता जोड दिनुपर्ने तर्क राखे । उनले उत्साही युवा इन्जिनियर दुवालको अनुसन्धानमूलक गोलभेडा खेतीको कार्यले नेपालको कृषि क्षेत्रका दुई वटा मुख्य समस्या समाधान हुने विश्वास लिए । कृषिमा जहिले हुने रासायनिक मलको अभाबको समस्या र विषादीयुक्त तरकारी खानुपर्ने बाध्यताको दुई वटा समस्या समाधान हुने विश्वास उनको हो ।
इन्जिनियर दुवालले गरेको गोलभेडा खेतीमा रासायनिक मल आवश्यक पर्दैन । उनले त्यसका चीनबाट ल्याइएको चाइनिज जैविक मलको उपयोग गरेका छन् । साथै उनको यो तरकारी खेती विषादीमुक्त छ । यहाँं कुनै पनि विषादी छर्किने हुँंदैन । यसले गर्दा यहा फल्ने गोलभेडा विषादीमुक्त तरकारी हो ।
दुवालले अहिले यही दुई वटा विषयमा अनुसन्धान गरेका हुन् । रासायनिक मलको सटामा चाइनिज जैविक मल प्रयोग गर्दाको अवस्था र विषादी नराख्दाको अवस्थामा गोलभेडा फल्दाको परिणामको अवस्था बुझन खोजिएको हो ।
‘नयाँं जैविक मल जो विषादीरहित, रसायनरहित, ढुवानी भाडा शुन्य जस्तै पोषणयुक्त र आधा कम लगानी हुनेमा अनुसन्धान गरिरहनुभएको छ, उनको परीक्षण सफल भएमा (सुनिश्चित जस्तै भएको छ) नेपालमा कृृषि क्रान्ति हुनेछ, मेयर मिश्रले भने, यसले अरवौका रकम बगाएर पनि समयमा मल नपाएर किसानले छटपटिनुपर्ने छैन भने उपभोक्ताले विषादीमुक्त खान पाउने छन् ।’


...

All Comments.......


Please Login/Register To Comments