भक्तपुर । भक्तपुरमा आइतबारदेखि छात्रछात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित हेल्थी फुटसल इटबूमा प्रतियोगिता सुरु भएको हो । ख्वप माविको २३ औं, ख्वप कलेजका २१ औ र शारदा क्याम्पसको ३२ औं वार्षिकोसत्वको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको पहिलो दिन दुई चरणका प्रतियोगिताहरु हुने फुटसल प्रतियोगिता उपसमितिका संयोजक सुनिल सुवालले बताए । फाइनल भने पर्सि मंगलबार मात्रै हुने उनले जनाए । प्रतियोगिताको उदघाटन कलेजका प्राचार्य रुपक जोशीले वल हस्तान्तरण गरी गरेका थिए । 

...

All Comments.......


Please Login/Register To Comments