राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमती कायम भए तत्काल सरकारमा जाने बताएका छन्  । 
रफत सञ्चार क्लबले साोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले विगतमा भएको सहमती अनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे ।
उनले राष्ट्रपतिमा पनि विगतकै सहमती अनुरुप सत्तागठबन्धनबाटै चयन हुने दाबी गरे । उनले भने लोकतन्त्रमा कँहि नभएको विधि कंँग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई सहमती दिएको बताए ।
बैशाख २ गते हुने चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवी लामिछानेलाई नै पुनः उम्मेदवार बनानउने र लामिछानेले भारी मतले बिजय हुने दावी परियारले गर्नु भयो ।
विगतका राष्ट्रपतिहरु कुनै न कुनै विवादमा तानियको बताउँदै परियारले भने अवको बन्ने राष्ट्रपति निष्पक्ष र तटस्थ भूमिका निर्वाहा गर्ने सक्ने ब्यक्ति चयन हुनु पर्नेमा जोड दिए । 
वर्तमान राजनीतिमा देखिएको दृश्य परिदृश्यलाई नियाल्दै राजनीतिक अस्थिरतातर्फ देश गईरहेको अवस्थालाई मध्यनजर गर्दै रास्वपाले सरकारलाई दिएको सर्मथन फिर्ता नलिएर सरकारबाट आफ्नो प्रतिनिधिहरुलाई फिर्ता बोलाएर सरकारलाई सहयोग गरिरहेको परियारले बताए । 
विगतमा झै फोहोरी राजनीतिक प्रक्रियाले निरन्तरता पाएको अवस्थामा नेपाली जनजनमा निरासा छाउनु स्वभाविक रहेको बताउँदै उनले छोटो समयमै रास्वपाले त्यसलाई चिर्ने प्रयासर जारी राखेको परियारले दाबी गरे । 
आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यिनै बिषय दस्तावेजमा समेटिने स्पष्ट पारे ।



...

All Comments.......


Please Login/Register To Comments