भक्तपुर । भक्तपुर जिल्लास्तरीय ११ औं राष्ट्रपति कप मंगलबारदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुर क्षेत्र नम्वर २ का सांसद दुर्लभ थापाले प्रतियोगिताको एक समारोहवीच उदघाटन गरे ।
गतवर्षसम्म भक्तपुर नगरपालिकाले मात्रै सहभागिता जनाउँदै आएको राष्ट्रपति कपमा यसवर्ष भक्तपुरका ४ वटै नगरपालिकाकोतर्फबाट जिल्लास्तरको प्रतियोगितामा सहभागिता जनाएको छ ।  प्रतियोगिताबाट विजयी खेलाडी मात्रै प्रदेशस्तर र राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागी हुन पाउने छन् । यद्यपि प्रतियोगितामा बजेट अभावका कारण प्रतियोगिताको भव्य तयारी गर्न नसकेको अतिथि र सहभागीहरुले औल्याए ।
समारोहमा प्रमुख अतिथि सांसद थापाले राजनैतिक खेलडीहरुका कारण खेलकूद विकास नभए पनि राजनतिमा भन्दा खेलकूदमा विकास भएको चर्चा गरे । खेल क्षेत्रको विकास गर्न जिल्लाका सांसद जनप्रतिनिधीहरु एकजुट हुनुपर्नेमा सांसद थापाले जोड दिए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, सूर्यविनायक नगरपालिकाका उपमेयर सरीता भट्टराई, भक्तपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष उकेश कवां, प्याप्सन, एनप्याप्सन र पत्रकार महासंघका प्रतिनिधीले पनि विद्यार्थी कालदेखि खेलकूद गतिविधिमा सहभागिता गराउन सके अनुशासित खेलाडी उत्पादन भई खेलकै माध्यमबाट देश विदेशमा नाम कमाउन सकिने विश्वास ब्यक्त गरे । यसवर्षको राष्ट्रपति कपमा भक्तपुरको सहभागिता उपलब्धीमूलक हुने विश्वास उनीहरुले ब्यक्त गरे । भक्तपुर जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको प्रतियोगिता आजदेखि महेश्वरी खेलमैदानमा  सुरु भएको हो । 

...

All Comments.......


Please Login/Register To Comments