मध्यपुर ठिमी ,भक्तपुर

शिक्षा ,खेलकुद,अतिरिक्तक्रियाकलाप, संगीत र नृत्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल तथा शैक्षिक उन्नयनको नायक विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल ले फागुन २ गतेदेखि ४ गतेसम्म सम्पन्न भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै मध्यपुर नगरपालिकाको शान ,मान र गौरव बढाउन सफल भएकोछ। विनायकका छात्राहरू सबिना तामाङ, रजिता खड्का, प्रकृति थापामगर र जेनिसा थापाले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् भने हाइजम्पमा बिनायककै आदेश शिवाकोटीले स्वर्णपदक जित्न सफल भएका छन् ।त्यस्तै triple jumpमा र 400 मिटर दौडमा विनायककी jenisha थापामगरले रजत पदक, प्रकृति थापामगरले 100 मिटर दौडमा रजत पदक तथा 200 मीटर दौडमा रजत पदक प्राप्त गर्नसके कुरा विद्यालयका सहायक principal प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो । भक्तपुरको महेश्वरी खेलमैदान तथा सानोठिमीस्थित मध्यपुरयुथको खेल मैदानमा आयोजित उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका 14 वटा गोल्ड मेडल सहित भक्तपुर जिल्लाका नगरपालिकामध्ये प्रथम बन्न सफल भएको छ। विनायक शिक्षा निकेतनबाट सहभागी भई मेडल जित्न सफल विद्यार्थीहरुलाई बधाई दिँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले अब प्रदेशस्तरीय प्रतियोगितामा विजयी बन्न शुभकामना दिनुभयो भने शिक्षा, खेलकुद र अतिरिक्त कृयाकलाप बाट अनुशासित, आत्मनिर्भर र जहाँपनि टिक्ने र बिक्ने जनशक्ति विद्यालय उत्पादन गरिरहेको समेत जानकारी गराउनुभयो
...

All Comments.......


Please Login/Register To Comments