भक्तपुर, फागुन ४ भक्तपुरको ख्वप कलेज देकोचामा भएको शैक्षिक प्रदर्शनीको आठ हजार भन्दा वढीले अवालेकन गरेको कलेजले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुरसहित काभ्रेको बनेपा, पनौती, धुलिखेलका विभिन्न स्कुलहरुबाट आएका विद्यार्थी, शिक्षक, अभिभावकले प्रदर्शनी अवलोकन गरेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी भएको हो । प्रत्येक वर्ष बार्षिकोत्सवको अवसरमा यहाँं यसरी नै शैक्षिक प्रदर्शनी हुने गर्दछ । वाषिकोत्सव समारोह मुल समितिको संयोजक एवं ख्वप कलेजका प्राचार्य रुपक जोशीले भक्तपुरसहित काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न स्कुलहरुलाई निमन्त्रणा गरे अनुसार ती स्कुलहरुबाट शिक्षक, विद्यार्थी, अभिभावक अवालेकनका लागि आएको जनाए । यस अनुसार आठ हजार वढीले प्रदर्शनीको अवालेकन गरेको उनले ेजनाए । भक्तपुरका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनाक नगरपालिकाका साथै काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंका एक सय भन्दा वढी विद्यालयहरुलाई प्रदर्शनी अवलोकनका लागि निमन्त्रण गरेको उनले जनाए । झण्डै एक सय वटा स्कुलहरुबाट विद्यार्थी सहभागी भएको उनले बताए । प्रतिस्कुल एक सय सय जना विद्यार्थीलाई पठाए भने दस हजार हुन्छ, उनले भने । कुनै स्कुलले एक सय भन्दा कम त कुनै स्कुलले एक सय भन्दा वढी विद्यार्थी पठाएको जानकारी उनले गराए । साथै कलेजकै आफनै पाँंच हजार बिद्यार्थी थप अवालेकनकर्ता भएको उनले जनाए । प्रदर्शनीमा दुई सय ४० वटा स्टलहरु रहेको जानकारी गराइयो । स्टलहरु कलेजका विद्यार्थीका साथै रुचि हुने अन्य कलेजलाई पनि स्टलका लागि आह्वान गरेको र त्यही अनुसार बाहिरका स्कुलका विद्यार्थीको स्टल पनि रहेको उनले जनाए । प्रदर्शनीमा आयोजक कलेजमा ११ कक्षादेखि स्नातकोतर तहसम्म अध्ययनरत दुई हजार भन्दा वढी विद्यार्थीहरु प्रत्यक्ष सहभागी रहेको जानकारी गराइयो । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा सँंकायमा ११ कक्षादेखि स्नातकोतर तहसम्मको पढाई हुने गर्दछ । प्रदर्शनीमा विद्यार्थीले आफूले पढेका विषयसँंग सम्वन्धित स्टलहरु राखेका थिए । प्रदर्शनी कलेको कम्पाउण्ड र भित्र भबन दुवैमा गरिएको थियो । कलेजको ठूलो कम्पाण्डका साथै ब्लक ए र ब्लक वी भबन दुवैमा प्रदर्शनी भएका थिए । ५५ रोपनी क्षेत्रफलमा फैलिएको कलेज बाहिरका सवै स्टलहरु एकैचोटी हेर्न मिल्ने गरी अस्थायी टावर पनि बनाइएको थियो । बाँंसबाट बनाइएको अस्थायी टावरमा माथि चढेर सवै हेर्न मिल्ने बनाइएको थियो । यो वर्षदेखि कानुन संकायको पनि अध्ययनका लागि ख्वप स्कुल अफ ल भएकोले कानुनका विद्यार्थीले पनि स्टल राखेका थिए । कानुनका विद्यार्थीले नमूना कोट (अदालतमा बहसको अभ्यास विद्यार्थीबाट) राखेका थिए । यसप्रति पनि अवालेकनकर्ताहरुले बढी रुचि राखेको देखियो । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको थियो । विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ ५ बजेसम्म चलेको थियो ...

All Comments.......


Please Login/Register To Comments