भक्तपुर, ९ फागुन
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम आइतबार संस्थाकै सभाहलमा सम्पन्न भएको छ । सहकारी मूल्य मान्यतालाई अँगाल्दै समाजमा रहेका साना पूँजीलाई एकत्रित गर्न सफल भक्तपुर बचतले देशको अर्थतन्त्र प्रतिकूलका बाबजूद साढे तीन अर्बको दायित्व बोक्न सफल रहेको समीक्षामा आएका छन् ।
प्रमुख अतिथि एवं ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वबाट उद्घाटन भएको उक्त कार्यक्रममा भक्तपुरका सहकारी संस्थाबारे नगरसभामा गम्भीर छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो रकम गलत ठाउँमा प्रयोग नहोउन्, हाम्रो रकमले हाम्रै जीवन उकास्न मदत पुगून् ।’ जनताको रकम गलत ठाउँमा प्रयोग गरेकै कारण सहकारी संस्थाहरु बन्द भइरहेको उहाँले स्पष्ट पार्नुभयो । साथै नगरसभामा सहकारी बहुउद्देश्यीय भवन सम्बन्धी कार्यविधि पारित गरेको उहाँले बताउनुभयो । भक्तपुर आदर निकेटन व्यवस्थित रुपमा सञ्चालन हुने अपेक्षा गर्दै युवा केन्द्रीत रोजगारमूलक गतिविधिहरुमा पनि संस्था लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)बाट सहकारी गान दोस्रो हुन सफल संस्थाका लेखक तथा सल्लाहकार लक्ष्मीनारायण दुवालले संस्थामा आइपर्ने चुनौतीको सधै सामना गर्न तत्पर हुनेपर्ने बताउनुभयो । उहाँले आपूm अस्तित्वमा रहन निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष राम प्रसाद प्रजापतिले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा आदर निकेतनको अनुभवबारे तारादेवी धन्छाले बताएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा समूह छलफलबाट महिला, युवा र सांस्कृतिक उपसमितिका तर्फबाट आदर निकेतन र सामाजिक पक्षका विषयमा चन्द्रलक्ष्मी दुवाल र विकास प्रजापतिले प्रस्तुति गरेका थिए । त्यस्तै आर्थिक पक्षका विषयमा शिक्षा र ऋण उपसमितिका तर्फबाट लक्ष्मी प्रसाद दुवाल, व्यवस्थापकीय पक्षको विषयमा कृषि र खेलकुद उपसमितिका तर्फबाट निराजन प्रजापति र प्रशासनिक पक्षका विषयमा सूचना तथा प्रकाशन र व्यवसाय प्रबद्र्धन उपसमितिका तर्फबाट कृष्णश्वरी दुवालले प्रस्तुती गरेका थिए ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद धन्छा, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसीलगायतले समीक्षा गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments