भक्तपुर ,
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि। को २१ औ ९ फागुन १६० स्थापना दिवसको अवसरमा संस्थाको अवकाश बचत हित उपसमितिको आयोजनामा जेष्ठ नागरिकसंग अन्तर्कृया कार्यक्रम  संस्थाको भवनमा सम्पन्न भयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरलेअशक्त जेष्ठ सदस्यलाई बचत र ब्याज घरदैलोमा संकलन तथा बितरन गर्ने ब्यबस्था रहेको बताउनु भयो । संस्थाका सल्लाहकार समितिका संयोजन बिश्वमोहन जोशीले भक्तपुरका धेरै बासिन्दा किसान रहेको र किसान नै सबैभन्दा माथि रहेको बताउनु भयो । तर सरकारको नीतिले गर्दा किसानले नै बढी समस्या रहेको र समाधान पनि सरकारले दिनुपर्ने बिचार व्यक्त गर्नुभयो । 

अवकाश बचत हित उपसमितिका संयोजक पशुपति भक्त रायले आफ्नो अनुभव सुनाउनु हुदै आगामी महिनामा जेष्ठ नागरिक सदस्यलाई तिर्थातन कार्यक्रमको आयोजना हुनेमा सबै सहभागी हुन अनुरोध गर्नु भयो । उपसमिति सदस्य कृष्ण गोपाल कुसीले आफ्नो अनुभव सुनाउनु हुदै कार्यक्रम संचालन गर्नुभएको थियो। उपसमिति सदस्य उमेशप्रसाद सिह, अम्बिका धौभदेल र सहभागीको तर्फबाट कल्याण बहादुर प्रधानाङग, किर्तिनाथ मिश्रले पनि बोल्नु भएको थियो। कार्यक्रममा २० जना जेष्ठ सदस्यहरु सहभागी हुनुभयको थियो ।

...

All Comments.......


Please Login/Register To Comments