ललितपुर । दिया ताम्रकारको दिनचर्या हिजो आज फेरीएको छ । ताम्रकार समाजमा कार्यालय सहायक पदमा कार्यरत उनी अहिले सा¥है व्यस्तछिन् । ताम्रकार समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार भइरहेको सम्पदा सरसफाई कार्यक्रमको लागि उनी लागिपरेकी छिन् । कार्यक्रम सफल बनाउनका लागि सहभागी हुन आउन सूचना जारीगर्ने, फोनगर्ने, सरसफाइको सामाग्रीहरुको जोरदाम गर्ने, मास्क, पन्जाको व्यवस्था गर्ने देखि सहभागीहरुको लागि खाजाको व्यवस्था गर्नसमेत उनी लागिपरेकी हुन्छिन् । यस बाहेक कार्यालयका नियमित कार्यहरु त गर्नु छंदैछ ।
ताम्रकार समाजले महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिशर, पुष महिनामा मीननाथ बहाल परिशर, माघ महिनामा महालक्ष्मीस्थान परिशर तथा फागुन महिनामा लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरीसकेका छन् । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६० जवान सदस्यहरुको सहभागिता रहने गरेको छ । समाजको जिम्मेवारीको दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई कार्य गर्न गइरहेको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनु भयो । ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमिट नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफलहुनेमा उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
समाजले नियमित रुपमा गर्दै आइरहेको कार्यभन्दा अलि भिन्न शैलीको कार्यक्रमको थालनी गरेको समाजका महासचिव दिपेश ताम्रकारले भन्नुभयो । उहाँले समाजले गरेको यस कार्यक्रममा सदस्यहरुको उत्साहप्रद सहभागीताले आफुहरु हौसिएको र कम्तीमा पनि एकबर्ष सम्म कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो । समाजको सो कार्यक्रममा सुरुदेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आइरहनु भएका समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वद्र्धनमा विगत लामो समयदेखि कार्यगर्दै आइरहेको बताउनु भयो । उहाँले यस प्रकारको कार्यहरुलाई समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्नजाने उल्लेख गर्नुभयो । आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको छ । जुन सम्पदास्थलको सरसफाई गर्ने हो त्यस स्थल वरपरका संघ संस्थाहरुलाई समेत यस कार्यमा संलग्न गर्दै आइरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments