भक्तपुर, १६ फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी, चुनदेवी र घलाटे“मा फागुन १५ र १६ गते दुई दिनमा ३५ वटा पसल अनुगमन गर्दा धेरै पसलहरु नगरपालिकामा दर्ता विना संचालन गरेको बताउनु भयो । 
अनुगमनमा मोतिलाल दुगडको दुगड वर्डस् एण्ड सन्स् प्रा.लि. नगरपालिकाको दर्ता प्रमाणपत्र पसलमा नभएकोले पसलमा देखिने गरी राख्न निर्देशन दियो । त्यस्तै ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज) दर्ता प्रमाणपत्र नभएको र दर्ता विना २०७५ सालदेखि संचालन गरेको गरेकोले तीन दिन भित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन र बाटोमा मोटर साइकल पार्किड्ड नगर्न निर्देशन दियो । त्यस्तै सोलु खाजा घर, सूर्य गणेश इन्टर प्राइजेज तीन दिन भित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । नारायण भुजिया सप्लायर्स, सूर्यविनायक टायल एण्ड मार्वल हाउस राम्रै संचालन गरिराखेको पाइयो भने धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर नविकरण गर्न निर्देशन दियो । शंकर इन्जिनियरिड्ड आइरन वर्कशप २०७३ सालदेखि विना दर्ता संचालन भएकोले तीन दिन भित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । मारुती नन्दन सप्लायर्स विविध सप्लायर्सको थोक विक्रेतामा दर्ता गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 
त्यस्तै फागुन १५ गतेको अनुगमनमा राम भोले ड्राईभिङ स्कूल प्रा.लि.मा दर्ता प्रमाण पत्र नभएकोले २०७३ सालदेखि नगरपालिकामा विना दर्ता संचालन गरिरहेको देखिएकोले तीन दिन भित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै न्यू सागर मोटर साइकल वर्कसप पनि दर्ता प्रमाणपत्र नभएकोले दर्ता नभए दर्ता गरेर तिन दिन भित्र दर्ता प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै स्पेशल चिया खाजा पसल दर्ता नभएकोले तीन दिन भित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै वि.ए.निर्माण सामाग्री सप्लायर्स पनि २०७३ सालदेखि नगरपालिकामा विना दर्ता संचालन भएको देखिएकोले तीन दिन भित्र दर्ता गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै नारायणी भोजनालय र हिडेन बाइक केय्र सेन्टर मोटरसाईकल वर्कसप त्यही दर्ता गरायो । त्यस्तै फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रा.लि., द व्हीलस् प्रा.लि., एसडिआर टेक्नो एण्ड ट्रेड प्रा.लि.लाई बाटोमा मोटरसाइकल र कार पार्किड्ड नगर्न निर्देशन दियो । त्यस्तै दोलखा भिमसेन सुन चा“दी पसल विगत दश बर्षदेखि संचालन गरेको पसल दर्ता प्रमाणपत्र नभएकोले दर्ता भए प्रमाणपत्र लिई र नभए दर्ता गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । फ्रेण्ड्स बाइकरस् दर्ता प्रमाणपत्र नभएकोले दर्ता भए प्रमाणपत्र लिई र नभए दर्ता गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । दास अटो लिड्ढ दर्ता नभएकोले सात दिन भित्र दर्ता गर्न निर्देशन दियो । प्रखर इन्टर प्राइजेज दर्ता प्रमाणपत्र नभएकोले दर्ता भए प्रमाणपत्र लिई र नभए दर्ता गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । स्टाण्डर खाजा घर बिना दर्ता पुल हाउस संचालन भएकोले विना स्विकृति संचालन नगर्न निर्देशन दियो । जैसवाल बाथ एण्ड सेनेटरी वयर बिना दर्ता २०७६ सालदेखि संचालन गरी रहेकोले तीन दिन भित्र दर्ता कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, गंगालक्ष्मी बमनु, कल्पना सिल्पकार, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक हस्तबहादुर सुनुवार र नजरमान धलान, प्रहरी हवल्दार रामबहादुर मगर र प्रहरी जवान प्रमानन्द जोशी, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका गौतम सुजखु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments