तुल्सी नारायण लाखेमरु
हरेक बाजाको ताल हुन्छ । देशको नेताहरुको तालै ताल बेसुरको बेताल । नेपालमा राजनीतिको सि.सि. क्यामरा लुकाउँछ । राणा शासन गयो पञ्चायत गयो । प्रजातन्त्र आए पनि गणतन्त्र आए पनि न्याय अन्याय थाहै छैन । आखिर हुने खाने कै राज भयो । जो सँग पैसा छ उहाँ सँग गुण्डा र पहुचवालाको चाल हो । घुम्दै फिरदै रुम्जाताल परपञ्चको जाल हो । आचार संहिता बाहना मात्रै हो । देशको माया नभएको जनताको रगतले होली खेलेको देशको अस्तित्व बिगार्ने अनि प्रजातन्त्रको नाँउमा जनताहरु धुरु धुरु रुवाउने काम कहिल्यै छोड्दैनन् । शोसक सामन्तहरु स्वार्थमा लागेर देश बन्दक राख्ने एक नम्बरको सक्कली अनुहार होइन । बौद्ध धर्ममा आधिरित धर्म पद्ध किताबमा दिउँसो लालतिन बालेर मान्छेहरु कहाँ छ भनेर हिँडेको घट्ना आज आएर पुँजीवादि पार्टिको भाग बन्दाले देखाउँदै छन् । धन सम्पत्ति ऐश्वर्य राज काज समाले पनि नाँगै नाचे हजार दाँउ । एक्कासौँ सताब्दीमा आएर स्वर्ग जस्तो नेपालमा लाज साज नियम नेस्ता नभएकोले गुरुवर्ग नचिनेको कारणले गन्तव्यमा पुग्न गा¥हो हुन्छ र पानी भनेको प्राण हो प्राणीलाई र जनतालाई माया नगर्ने साँध सन्धियार नगर्ने प्रधानमन्त्री हुनै सक्दैन । संसद भनेको खसीको टाँउको देखाएर सुँगुर, बङ्गुर, बुढी बाख्राको मासु विक्री गर्ने थलो जस्तो भयो । कस्ले कसलाई उचाल्ने, कस्ले कसलाई पछार्ने । २०५८ सालको दरवार हत्याकाण्ड जस्तो देखा पर्न आयो । प्रचण्ड भनेको मणि नभएको माओवादी जस्तो भयो । नजरलाई आँखा पनि भनिन्छ । आँखा चछ्छु पनि हो दृष्टि पनि हो । सके बुद्धको वाक्य सुनेस बस्नु, सके नागदेव भएर बस्नु । भेडा बाख्रा भएर होइन । नागरिकता विदयेक पास गर्ने होइन । सारा जनताले राजनैतिक आधार प्रधानमन्त्री प्रचण्ड माथि छ । देशलाई कुन ठाँउमा लाने, कुन ठाँउमा पु¥याउने हो । मणि भएको माओवादी हो भने प्रचण्डलाई राम्रो शुभ कर्मले धौर्यताको बत्ति बालेर सोच बदल्नु जरुरी छ । आमा काँखबाट पहिलो शिक्षा प्राप्त हुन्छ । हजारौँ देश भन्दा एक देश राम्रो मान्नुपर्छ । लाज नभए पछि नरपशु हुन्छ तर हिजो दिनमा प्रचण्डलाई धकु लगाएर लात्ती हानेको हुनाले निच भावनाका साथ आएका कांग्रेस पनि नरपशु समान छ । हिजो दिनमा प्रचण्डलाई थुकेको तर आजको दिनमा प्रचण्डलाई चाटेको पाइयो । कांगे्रस पार्टिको विधिको शासन भन्छ, त्यो कहाँ गयो अनुशासन कहाँ गयो । संसारमा कहि नभएको जात्रा हाडिगाँउमा भए जस्तो । लाज नभएको राजनीतिले संस्कार नभएको राजनैतीक ठहरिन्छ । त्यस्ताले देशै विक्री गर्छन । कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बानी, छण्ड छण्ड वाक्यले जनतालाई वाक्क दिक्क भयो । फर–फर कलंकको झण्डा उड्यो गठबन्धनको गन्ध संसार भरि फैलियो । यो कंगालको काम कांग्रेसले ग¥यो । गठबन्धनले बुद्धिजिवी वर्ग पनि चिनेन आमा बाँउ पनि चिनेन । शहिदहरु पनि चिनेन, विर गोर्खालीहरुको गाथा पनि चिनेनन् । देख्नलाई आँखा चाहिन्छ, बस्नलाई हावा पानी चाहिन्छ । त्यस्तै आदर्श मित्रता पनि चाहिन्छ । जहाँ गए पनि आमा बुवाको आशिर्वाद खाँचो छ भने जस्तै जनताको न्यानो माया चाहिन्छ । आफ्नो देशमा आगो लगाएर नामर्द कठपुतली नबनोस् । जस्को सिं छैन उसैको तिखे भन्छ विवेक नभए पछि इज्जत प्रतिस्थठा गुम्छ । नेतृत्व बिग्रिए पछि बाँदरको हातमा नरिवल भए जस्तो हुन्छ । त्यसैले दुई वटा ढुङ्गामा खुट्टा नराख्नु । कहिले एमाले कहिले कांग्रेस द्विइत चरित्रको काम नगर्नु ।

...

All Comments.......


Please Login/Register To Comments