काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला भगवती पूर्व ३ वटा धारामध्ये मध्यदेखि पश्चिमपटीको सुरुको धारामाथि रहेको सूर्यनारायण मूर्तिको चोरी भएको छ । चोरी भएको यो मूर्ति १० औ शताव्दीको रहेको जनाइएको छ । उक्त कुरा नाला भगवतीका पुजारी कृष्णभक्त कृष्णगोपाल कर्माचार्यबाट जानकारी प्राप्त भएको छ । तीन वटा धारामाथि रहेका मूर्तिहरुमध्ये हाल एक वटा मात्रै मूर्ति बाँंकी रहेको छ । सो समते चोरी होला भन्ने डर भक्तजनमा रहेको छ । तीन मूर्तिमध्येवीचमा रहेको शिव मूर्ति २० वर्ष अगाडि नै चोरी भइसकेको छ ।


...

All Comments.......


Please Login/Register To Comments