मुलुकमा काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १० स्थित ठकुरिछापमा फाल्गुण पुर्णिामा होली पर्वसंगै भिमला मन्दिर र लक्ष्मी नारायण मन्दिर पुनर्निर्माण गर्ने निर्णय अध्यात्मिक तथा धार्मिक ब्यक्तित्व समाजसेवी धुन्नुराज शाही ठकुरीको सभापतित्व तथा पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं राष्ट् संरक्षण डट कमका प्रकाशक के. बि. सम्राटको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रम भिमला देवि मन्दिर तथा लक्ष्मी नारायण मन्दिर पुनर्निर्माण सम्बन्धी छलफल हुँदै कार्यक्रमका विशेष अतिथी पशुपति अन्नपुर्णा आश्रमकी संरक्षक एवं केन्द्रिय सदस्य माता भद्रकालीले उपस्थित सबैलाई सप्तरुपी रङ्गरुपी अबिर लगाई दिएर कार्यक्रम समुद्घाटन गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बद्री प्रसाद हुमागाई र वडा नम्बर १० का वडाध्यक्ष गोविन्द भन्डारीको अतिथिको आतिथ्यता थियो भने अन्य अतिथिहरुमा राजेन्द्र केसी, कृष्ण बहादुर केसी, खेमराज शाह, अशोक शाह, तारा केसी बस्नेत, खिल बिक्रम शाही ठकुरी थिए। कार्यक्रम युवा समाजसेवी सुमन मल्ल ठकुरीले निकै सभ्य र भब्यताकासाथ सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै र होलीको शुभकामना दिंदै कार्यक्रमका सभापति धुन्नुराज शाही ठकुरीले कार्यक्रममाथि प्रकाश पार्दै यस दुवै वडामा पर्ने भिमला देवी र लक्ष्मी नारायणको मन्दिर बनाउन सफल भए पर्यटन क्षेत्रको विकास भइ हाम्रा दुवै वडा सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा भिमलादेवी मन्दिर पर्ने जग्गाको विषयमा समाजसेवी राजेन्द्र केसीले मन्दिर निर्माणका लागि कति जग्गा आवश्यक पर्छ मन्दिरले चर्चेको बाहेक पनि आशयक जग्गा उपलब्ध गरिदिने बताउनुभयो । यस्तै अतिथि कृष्ण बहादुर केसीले मन्दिर निर्माणका लागि जग्गा मात्र होइन अरु सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । यसरि नै अतिथि खेमराज शाहीले हामीले नै जिज्ञासा राखेर मन्दिर निर्माण गर्नेपर्नेमा टाढा देखि पाहुनारुपी आएर मन्दिर बनाइदिने प्रस्ताब राख्दा पनि हामि तयार नहुने हो भने हामि एकतामा नरहेको संकेत बुझिन्छ बताउनु भयो । अतिथि वडा सदश्य अधोक शाहीले वडाको विकास गर्न वडाले के गर्नुपर्छ मन्दिर बनाउन त्यसका लागि वडाका जनप्रतिनिधि लागि पर्ने बताउनुभयो । अतिथि महिला समाजसेवी तारा केसी बस्नेतले हामि सबै मिले के गर्न सकिदैन र मैले गर्नुपर्ने र हामि महिलाले गर्नुर्पर्ने कार्यलाई सहयोग गर्ने बताउनुभयो । समाजसेवी खिल बिक्रम शाहीले मन्दिर बनाउन कुनै पनि राजनीति हुनुहुँदैन सबैलाई समेटेर मन्दिर बनाउने कार्यलाई लैजानु पर्छ भन्दै मैले यसका लागि के सहयोग गर्नुपर्छ म पछी नपर्ने भन्दै होलीको शुभकामना दिनुभयो ।
 
अतिथि धुलिखेल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बद्रि प्रसाद हुमागाईले होलीको शुभकामना दिंदै वडाले यस्तो कार्य गर्न लाग्दा स्वागत गर्ने बताउदै वडा बाट ईन्जीनियरिंग गर्न प्राबिधिक पनि पठाइदिने र आवश्यक अनुसार बाटो बनाउन डोजर पनि व्यवस्था मिलाउने बताउदै खुशी ब्यक्त गर्नुभयो । अतिथि धुलिखेल नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गोविन्द भण्डारीले कति गरिमामय कुरा आफ्नो वडामा पराइ आएर मन्दिर बनाउने र पर्यटन क्षेत्रलाई टेवा पुराउने भन्दा हामि सबै गौरवित छौ र मा धेरै देश विदेश घुम्दा पनि यस्तो व्यक्तित्व पाएको थिइन तर आफ्नै वडामा गुरुहरु आएर भिमला देवी तथा लक्ष्मी नारायणको मन्दिर बनाउने प्रस्ताव राख्दा ९ र १० वडाबासीहरु खुसि हुदै उहाहरुलाई स्वागत छ भन्दै हामि सबै मिलेर यो गरिमामय कार्यलाई २ वडाले नै के गर्नुपर्छ त्यसका लागि ईस्टमेट गरि वडामा पेश गरे हामी यस वडाका तर्फबाट सक्दो सहयोग गर्ने भन्दै होलीको शुभकामना दिनुभयो ।
 
विशेष अतिथि पह्सुपति अन्नपुर्णा आश्रमकी संरक्षक एवं केन्द्रीय सदस्य माता भद्रकालीले होलि पर्वको शुभकामना दिंदै भगवानसँग सबैले माग मात्र गर्छन तर सेवा गर्न चाहदैनन यहा त सबैको मन एकै भएकाले मन्दिर बनाउन सफल हुने बताउदै सबैलाई आशीर्वचन प्रदान गर्नुभयो । प्रमुख अतिथि के बि सम्राटले ९ र १० नम्बर वडाबासीले मन्दिर पुननिर्माण गर्न सबै मिलेर तर्जुमा गरे भगवानले तँ चिता म पुराउछु तर कर्म गर्न नबिर्स भन्नुभएको छ, यहाहरुले कर्ममा मन लगाउनु होस् हामीले जे गर्नुपर्छ त्यसका लागि कुनैपनि चिन्ता नगर्नुहोस भन्दै सकारात्मक सोच सोच, भावना र कर्ममा विश्वास गरे असम्भव कहिँ छैन भन्नुभयो । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २२ क्रिस्थिस्थित शिव ढुंगामा ओम कैलाश शिव ढुंगा शिव शक्ति महापीठ धाम निर्माण हुँदै गरेको स्मरण गराउंदै हामि पनि यसरि नै सफल हुने बताउनुहुँदै उपस्थित सबैमा फागु पुर्णिमा होलीको पावन अवसरमा सुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति अध्यात्मिक धार्मिक व्यक्तित्व समाजसेवी धुन्नुराज शाही ठकुरीले कार्यक्रम घोषणा भएको घोषणा गर्दै गुरुहरु जस्तो सबै ठाउमा भैदिएको भए मुलुकमा रहेका सबैजनहरु अध्यात्मिक र धार्मिक हुने थिए भन्दै मन्दिर निर्माणका लागि मैले गर्ने सहयोग पर्याप्त हुने बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments